हेमा भट्ट / कञ्चनपुर –
नेपाल–भारत जोड्ने बनबासा पक्की पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा अस्थायी रोक लगाइएको छ।
भीमदत्त नगरपालिका–११, गड्डाचौकीस्थित महाकाली नदीमा पानीको बहाव तीव्र भएपछि उक्त कदम चालिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
सोमबार (साउन १९) बिहान करिब ८ बजे महाकाली नदीमा एक लाख नौ हजार ९८० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो।
प्रहरीले जोखिम न्यूनीकरण गर्न सवारी आवागमन रोकिएको जनाउँदै, सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1