दिगो बन व्यवस्थापनको मागमा ज्ञापनपत्र बुझाइयो

हेमा भट्ट श्रावण २०
कैलाली – दूरपश्चिम प्रदेशअन्तर्गत कैलाली र कञ्चनपुर जिल्लाका सामुदायिक बन उपभोक्ता समूह, साझेदारी बन समूह, समन्वय समिति तथा नेपाल फेड़ोरेशन अफ कम्युनिटी फरेस्ट्री युजर्स (फेकोफन) सहितका सरोकारवाला संघसंस्थाहरूले संवर्द्धन प्रणालीमा आधारित दिगो बन व्यवस्थापन कार्यविधि तत्काल स्वीकृत गरी कार्यान्वयन गर्न माग गरेका छन्।

२०८२साल श्रावण २० गते,सामुदायिक वनले उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, सामाजिक तथा कानुन मन्त्रालय, आर्थिक मामिला मन्त्रालय, साथै जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका हुन्।

संबद्ध प्रतिनिधिहरूले नीति निर्माण भए पनि कार्यान्वयनको ढिलाइले वन संरक्षण, दिगो उपयोग र समुदायको अधिकार कमजोर भएको गुनासो गरेका छन्। संवर्द्धन प्रणालीले वनको दीर्घकालीन उपयोग, जैविक विविधताको संरक्षण र स्थानीय सहभागिता सुनिश्चित गर्ने उल्लेख गर्दै कार्यान्वयनमा तत्काल जाने माग गरिएको हो।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा दर्जनौं सामुदायिक वनका प्रतिनिधि, सरोकारवाला संघसंस्थाका पदाधिकारी तथा बन अभियन्ताहरूको उल्लेखनीय उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply