बाजुरामा नेपाल टेलिकमको नेटवर्क अवरुद्ध, नागरिक सञ्चार सेवाबाट बञ्चित

खेमराज भट्ट २३ साउन
बाजुरा — खप्तड छेडेदह गाउँपालिका आसपासका क्षेत्रमा नेपाल टेलिकमको मोबाइल नेटवर्कमा लामो समयदेखि समस्या देखिँदै आएको छ । विशेषगरी गाउँपालिकाको वडा नम्बर ६ नाईना, सुदाडालगायतका बस्तीमा सेवा अवरुद्ध हुँदा स्थानीय नागरिक सञ्चार सेवाबाट बञ्चित भइरहेका छन्।

स्थानीय रमेश विष्टका अनुसार हरेक वर्ष असारदेखि असोजको पहिलो सातासम्म नेटवर्कले राम्रोसँग काम नगर्ने गरेको छ । “फोन सम्पर्क गर्न, इन्टरनेट प्रयोग गर्न र एसएमएस पठाउन गाह्रो हुन्छ । आपतकालीन अवस्थामा समेत नेटवर्कले धोका दिदै आएको स्थानीयवासीको ।

भनाइ छ। लागे पनि आवाज काटिने समस्या रहँदै आएको छ । स्थानीयहरूले पटक–पटक गुनासो गरे पनि समस्या समाधान भएको छैन ।

यस्तै, बडिमालिका नगरपालिका वडा नम्बर ७ का जिल्ली, सुनकाना, पोखरा, सिराडी, रजातोली, ढम्कनेलगायतका बस्तीमा पनि नेटवर्क कमजोर हुँदा फोन सम्पर्क र फोरजी इन्टरनेट सेवा प्रभावित भएको स्थानीयहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply