जङ्गली हात्तीले धानबालीमा क्षति पुर्‍यायो

साउन २४ धनगढी
बेदकोट नगरपालिका वडा नम्बर १० चथरीमा जङ्गली हात्तीको बथानले शुक्रबार स्थानीय आठ किसानको दुई बिघा खेतमा लगाइएको धानबालीमा क्षति पुर्‍याएको छ ।

वडाध्यक्ष रतन विष्टका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीले धानबालीमा क्षति पुर्‍याएका हुन् । स्थानीय रमिला रानाको १० कठ्ठा, मिना रानाको १० कठ्ठा, सीतादेवी कठायतको पाँच कठ्ठा, पुरन चुनारा, रूपया चुनारा, सुर आग्रिर राम चुनाराको गरी १० कठ्ठा जग्गाको धानबालीमा नोक्सानी पुर्‍याएको उहाँको भनाइ छ ।

यसबारे प्रहरीलाई जानकारी गराइ सकिएको वडाध्यक्ष विष्टले बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार अस्थायी प्रहरी पोष्ट दैजीबाट तीन जनाको प्रहरीको टोलीलाई हात्ती प्रभावित क्षेत्रमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply