कैलालीमा सामुदायिक वन दिवस–२०८२ भव्यताका साथ मनाइने

हेमा भट्ट
कैलाली-गोदावरी नगरपालिका–८ जोनापुर, कैलालीस्थित श्री मातृभूमि सामुदायिक वन उपभोक्ता समूहमा आगामी श्रावण २५ गते बिहान ८:३० बजे दोस्रो वार्षिक साधारण सभा तथा सामुदायिक वन दिवस–२०८२ भव्यताका साथ मनाइने भएको छ।

कार्यक्रमको मूल नारामा “वनको दीगो व्यवस्थापन र सामुदायिक अधिकारः समावेशी सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार”, “समयमै कार्ययोजना नविकरण गरौंः सामुदायिक वनलाई गतिशील बनाऔं” तथा “स–सानो सामुदायिक वनलाई जोड्दै वन संवर्द्धनको माध्यमबाट सुशासन र समृद्धि बढाऔं” भन्ने सन्देश समावेश गरिएको आयोजकले जनाएको छ।

यस अवसरमा सम्पूर्ण सामुदायिक वन उपभोक्ता समूहहरू, जिल्ला र पालिका महासंघहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्था, सञ्चारकर्मी, सरोकारवाला तथा शुभेच्छुक महानुभावहरूको उपस्थितिका लागि आग्रह गरिएको छ।

कार्यक्रमको आयोजना सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ, नेपाल (N-FECOFUN) केन्द्रीय कार्यालय, धनगढी, कैलालीले गर्दैछ भने व्यवस्थापन श्री मातृभूमि सामुदायिक वन उपभोक्ता समूह, गोदावरी–८, जोनापुरले गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply