हेमा भट्ट २६ साउन
सुदूरपश्चिम — सुदूरपश्चिम प्रदेशका सामुदायिक बन उपभोक्ता समूहहरूले हालसम्म लामो समयदेखि लडिरहेको आन्दोलनलाई हालका लागि स्थगित गरिएको घोषणा गरेका छन्। आन्दोलन स्थगित गर्ने निर्णय पछाडि प्रदेश प्रमुख र सम्बन्धित बन मन्त्रालयले सामुदायिक बन उपभोक्ता समूहका सवालहरू सम्बोधन गर्ने महत्त्वपूर्ण प्रतिबद्धता जनाएको कुरालाई मुख्य आधार बनाइएको छ।
सुदूरपश्चिम प्रदेश प्रमुख र बन मन्त्रालयका अधिकारीहरूले सामुदायिक बन उपभोक्ता समूहका माग तथा सवालहरूलाई गम्भीरतापूर्वक लिने, शीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्। यसले आन्दोलनमा रहेका विभिन्न समूहलाई विश्वास दिलाएको र समयसापेक्ष समाधानका प्रयासहरूलाई अगाडि बढाउने अपेक्षा गरिएको छ।
सामुदायिक बन उपभोक्ता समूहका नेताहरूले भने, “हामीले उठाएका सवालहरू बेवास्ता नगरिए सामुदायिक बन उपभोक्ताको अधिकार र हितका लागि पुनः कडा आन्दोलन गर्न बाध्य हुनेछौं।” उनीहरूले आगामी दिनमा सम्बन्धित निकायले मागहरू सम्बोधन नगरे कडा आन्दोलनको चेतावनीसमेत दिएका छन्।
हाल स्थगित गरिएको आन्दोलनले समुदायमा आशा जगाएको छ भने, यसबाट वन उपभोक्ताहरूले आफना अधिकार सुरक्षित गर्न र वन व्यवस्थापनमा आफ्नो भूमिका सशक्त बनाउने प्रयासलाई थप बल मिल्ने विश्वास गरिएको छ।
यसैबीच, प्रदेश सरकार र बन मन्त्रालयसँग सामुदायिक बन उपभोक्ता समूहहरू बीच छलफल तथा वार्ताका माध्यमबाट समाधानको खोजी निरन्तर जारी रहने जनाइएको छ।
सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष पुनाराम चौधरीले भने, “हाम्रो आन्दोलन स्थगित भएको हो, स्थगित मात्रै हो। हाम्रो सवालहरू सम्बोधन नभए हामी फेरि पनि अझ कडा तरिकाले आवाज उठाउनेछौं।”
सुदूरपश्चिम प्रदेशका वन उपभोक्ताहरूले आफ्नो अधिकार र हितको लागि लामो समयदेखि आवाज उठाउँदै आएका छन्। वन संरक्षण र दिगो व्यवस्थापनमा सामुदायिक बनको भूमिका अत्यन्त महत्वपूर्ण भएकाले उनीहरूले आफ्नो माग पुरा गराउनुपर्ने अडानमा छन्।
सरकार र सम्बन्धित निकायले छिटोबाट छिटो सामुदायिक बन उपभोक्ता समूहका सवालहरूलाई सम्बोधन गरी स्थायी समाधानतर्फ अघि बढ्नुपर्ने दबाव थपिएको छ।