शिक्षा ऐन २०८० विरुद्ध टीकापुरमा निजी विद्यालयहरुको विरोध र्याली

सम्राट क्षेत्री
कैलाली, भदौ ६ – संघीय शिक्षा ऐन २०८० मा निजी विद्यालयलाई विस्थापित हुनेगरी ल्याइएका प्रावधानको विरोधमा टीकापुरमा शान्तिपूर्ण बस र्याली तथा विरोध कार्यक्रम सुरु भएको छ।

नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष तेजराज खनालका अनुसार नयाँ विधेयकले निजी विद्यालयलाई ढाड भाँचिनेगरी दबाबमा पार्ने प्रयास गरेको भन्दै विरोध कार्यक्रम सुरु गरिएको हो।

यसअघि रहेको शिक्षा ऐनमा १० प्रतिशत छात्रवृत्ति व्यवस्था गरिएकोमा अहिलेको विधेयकमा १५ प्रतिशत पूर्ण छात्रवृत्ति अनिवार्य गरिएको र शिक्षण तथा भर्ना शुल्क मिनाहा गरिएको प्रावधान व्यवहारिक नभएको टीकापुर प्याब्सन नगर अध्यक्ष मानबहादुर थापाले बताए।

विरोध स्वरूप कालो झण्डा बोकेर बजार परिक्रमा गरिएको र्याली कोणसभामा परिणत भएको थियो। कोणसभाको अध्यक्षता नगर अध्यक्ष थापाले गरेका थिए। कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष खनाल, सुदूरपश्चिम प्रदेश उपाध्यक्ष डम्बर शोडारी, कैलाली जिल्ला अध्यक्ष जयकृष्ण तिमिल्सिना लगायतले मन्तव्य व्यक्त गरेका थिए।

टीकापुर प्याब्सन नगर उपाध्यक्ष देवेन्द्र शाहले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन महाधिवेशन प्रतिनिधि शिवराम चौलागाईंले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply