सरस्वती सुनार
कञ्चनपुर, भाद्र – कृष्णपुर नगरपालिका–९ राजघाटस्थित श्री पञ्चाधीन माध्यमिक विद्यालय व्यवसाय शिक्षा संकायको पहलमा र श्री सिता सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा विद्यालय क्षेत्र भित्र सडक सुरक्षा सम्बन्धी सूचना बोर्ड स्थापना गरिएको छ।
विद्यालय परिसर नजिक बढ्दो दुर्घटनाको जोखिमलाई न्यूनिकरण गर्ने उद्देश्यले ‘Drive Slow’ (विस्तारै हाँक्नुहोस्) र ‘School Area’ (विद्यालय क्षेत्र) लेखिएका दुई वटा सूचना बोर्ड गाडिएका हुन्।
यस कार्यमा विद्यालयभित्र सक्रिय रहेका इको क्लब, बाल क्लब र रेडक्रस क्लबका युवाहरूले उत्साहपूर्वक व्यवस्थापन गर्दै सहयोग गरेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोज विकले विगतदेखि नै श्री सिता सामुदायिक वन उपभोक्ता समूहले विद्यालयलाई विभिन्न किसिमका सहयोग गर्दै आएको उल्लेख गर्दै, “विद्यार्थीहरूको सुरक्षा र चेतना अभिवृद्धिमा यसपटक पनि वन समूहले महत्वपूर्ण योगदान पुर्याएको छ,” भने।