हेमा भट्ट, भाद्र ७, कञ्चनपुर
निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औँ अधिवेशन आगामी भदौ २०–२१ गते हुँदैछ। अधिवेशनको तयारीका क्रममा संघको अध्यक्ष पदका उम्मेदवार निरन्जन प्रशाद भट्टले शनिबार महेन्द्रनगरमा पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
भट्टले भने, “निर्माण व्यवसायी संघ केवल व्यवसायीहरूको हितका लागि मात्र होइन, सम्पूर्ण जिल्लाको विकास र राष्ट्रिय प्रगतिसँग जोडिएको संस्था हो। यसलाई जिम्मेवार, पारदर्शी र समाजमैत्री बनाउन म प्रतिबद्ध छु।”
उनले आफ्नो कार्यकालमा सदस्य व्यवसायीहरूको हकहित संरक्षण, गुणस्तरीय निर्माण, प्राविधिक दक्षता अभिवृद्धि, भ्रष्टाचार न्यूनीकरण र युवालाई निर्माण क्षेत्रमा आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्ने योजना प्रस्तुत गरे।
भट्ट प्यानलमा रहेका पदाधिकारी:बरिष्ठ उपाध्यक्ष: देब बहादुर चन्द उपाध्यक्ष: दीपक भट्ट महासचिव: योगेन्द्र ठगुराठी
सचिव: ब्रिजकिशोर चन्द
कोषाध्यक्ष: तेजबहादुर चन्द
सहसचिव: हेम बहादुर महरा रहेका छन् भट्टले आफ्नो नेतृत्वमा विगतमा भुक्तानी नपाएका व्यवसायीहरूको हकहित सुनिश्चित, विवाद समाधान र पेशागत सुरक्षा सुनिश्चित गर्न गरेको योगदानको चर्चा गर्दै पुनः अध्यक्ष पदमा आउनको मुख्य कारण व्यवसायीहरूको हकहित सुनिश्चित गर्नु भएको बताए।
पूर्व अध्यक्ष, उद्योग परिसंघका अध्यक्ष, एमाले नेता र अन्य युवा व्यवसायीहरूले भट्ट प्यानललाई पूर्ण समर्थन दिएको घोषणा गरेका छन्।
निर्माण व्यवसायी संघ कञ्चनपुर प्रदेशकै सक्रिय र प्रभावशाली संघमध्ये एक मानिन्छ। यस अधिवेशनले संघको नीति, कार्यशैली र आगामी पाँच वर्षे दिशानिर्देशन तय गर्ने अपेक्षा गरिएको छ। उम्मेदवार भट्टको घोषणासँगै चुनावी माहोल थप चर्किएको छ।