बागफाँटा, भदौ ७ – भिनपा–१९ बागफाँटामा अवस्थित शिवशक्ति महिला विकास समितिले आफ्नो छैठौं वार्षिक साधारण सभा आज शनिबार सम्पन्न गरेको छ। कार्यक्रम समितिका अध्यक्ष राजवति रानाको अध्यक्षतामा सञ्चालन भएको थियो।
सभामा प्रमुख अतिथि वडा सदस्य डम्मर बहादुर जोरा रहेका थिए। साथै स्थानीय समाजसेवी, बुद्धिजीवी, महिला प्रतिनिधि र बचतकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।
सभालाई सम्बोधन गर्दै अध्यक्ष रानाले समितिको मुख्य लक्ष्य महिलाको सशक्तीकरण, आत्मनिर्भरता र क्षमता विकास भएको बताउँदै विगतका गतिविधिहरूले महिलामा आत्मविश्वास अभिवृद्धि गरेको उल्लेख गर्नुभयो। उनले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रमुख अतिथि जोराले पनि महिला विकास, सीपमूलक तालिम र समाज सुधारका कार्यक्रमप्रति वडा कार्यालय सँधै सहयोगी रहने बताए। उनले संस्थाले महिलालाई सक्षम बनाउने महत्वपूर्ण योगदान पुर्याइरहेकोमा खुसी व्यक्त गरे।
कार्यक्रममा सहभागी बचतकर्ताहरूले राना परम्परागत पोशाकमा साँस्कृतिक पहिचान झल्काउँदै आकर्षक उपस्थिती जनाएका थिए। यसले सभालाई थप भव्य र उत्साहपूर्ण बनाएको सहभागीहरूले बताएका छन्।
शिवशक्ति महिला विकास समितिले स्थापना देखिनै स्थानीय महिलालाई बचत–ऋण, आयआर्जन कार्यक्रम, सीप विकास तालिम र सामाजिक जागरण गतिविधिमा संलग्न गराउँदै आएको छ।