निजी विद्यालय बन्दको तयारीविरुद्ध शान्तिपूर्ण प्रदर्शन

हेमा भट्ट , भाद्र ९
धनगढी, सुदूरपश्चिम – संघीय शिक्षा मन्त्रालयले निजी विद्यालय बन्द गर्ने तयारी गरेपछि सुदूरपश्चिमका निजी विद्यालयहरूले प्रदेशस्तरीय शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

केही दिनअघि धनगढीस्थित प्रदेश सभाको गेटमा निजी विद्यालयहरूले धर्ना दिएका थिए भने बस् र्याली पनि आयोजना गरिएको थियो। कार्यक्रमको मुख्य उद्देश्य गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने निजी विद्यालयहरूको योगदानलाई मान्यता दिनु र विद्यालयहरूको अस्तित्व सुरक्षित राख्न सरकारसँग आवाज उठाउनु रहेको आयोजकहरूले बताएका छन्।

प्रदेशभरका दर्जनौं निजी विद्यालयका प्रतिनिधि, शिक्षक र अभिभावक सहभागी भएका थिए। सहभागीहरूले भने, “हामी पूर्णतया शान्तिपूर्ण तर प्रभावकारी ढंगले हाम्रो माग राख्दैछौं। निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।”

आयोजकहरूले सरकारले निजी विद्यालय बन्द गर्ने नीति तत्काल रोक्नुपर्ने र संवादको माध्यमबाट विद्यालय सञ्चालन र गुणस्तर सुनिश्चित गर्न कदम चाल्नुपर्ने माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply