कृष्णपुर नगरपालिकामा विद्यालयलाई ४ दिन बिदा

हेमा भट्ट , भाद्र ९
कञ्चनपुर – कृष्णपुर नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाले नगरअन्तर्गतका सम्पूर्ण विद्यालयलाई ४ दिन बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाले जारी गरेको सूचना अनुसार मिति २०८२ भदौ १० गतेदेखि १३ गतेसम्म विद्यालयहरू बन्द रहनेछन्। यो बिदा यसअघि तोकिएको गर्मी/वर्षे बिदासँग मिलान हुने गरी दिइएको बताइएको छ।

यस्तै महिलाको महान पर्व हरितालिका तिज र गौरा पर्वको अवसरमा शिक्षक, विद्यार्थी तथा अभिभावकसहित सम्पूर्ण नगरवासीलाई शुभकामना दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply