कृष्णपुरमा आँखा शिविर : मोतिविन्दुका बिरामीहरूको निःशुल्क उपचार र अप्रेशन सुविधा

हेमा भट्ट, भाद्र ११
कृष्णपुर – आँखामा समस्या भएका नागरिकहरूको लागि सुनौलो अवसर आइरहेको छ। वनदेवी सामुदायिक वन उपभोक्ता समुह कृष्णपुर न.पा.९ राजघाट र नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालको आयोजनामा श्री नवज्योति आधाभूत विद्यालय, वडानं.८ राजघाट मा मिति २०८२।०५।१४, शनिवार आँखा शिविर सञ्चालन हुँदैछ।

यस शिविरमा मोतिविन्दुका बिरामीहरूको गेटा आँखा अस्पतालमा निःशुल्क अप्रेशन गरिनेछ भने औषधि उपचार पनि निःशुल्क उपलब्ध हुनेछ। आयोजकहरूले आँखामा समस्या भएका सबै नागरिकलाई समयमै सम्पर्क राखेर लाभ लिन हार्दिक अनुरोध गरेका छन्।

वनदेवी सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधिहरूले भने, “हामी स्थानीय समुदायमा आँखासम्बन्धी स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न यो शिविर आयोजना गर्दैछौँ। सबैले लाभ लिन सकून् भन्ने हाम्रो उद्देश्य हो।”

कृष्णपुर न.पा. वडानं.९ कार्यलयले समेत शिविरको सफल सञ्चालनका लागि सहकार्य गरेको छ। आयोजकहरूले यसलाई एक नियमित कार्यक्रमका रूपमा सञ्चालन गर्दै जनस्वास्थ्य र आँखाको स्वास्थ्यप्रतिको चेतना बढाउने योजना बनाएका छन्।

शिविरमा सहभागी हुन इच्छुक नागरिकहरूले समयमै सम्पर्क राखी आफ्नो नाम दर्ता गराउन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply