हेमा भट्ट,भाद्र १२
कञ्चनपुर — नेपाल दलित मुक्तिमोर्चा, कृष्णपुर नगर कमिटीको तेस्रो नगर सम्मेलन भदौ १२ गते कृष्णपुर नगरपालिका–५ स्थित सयपत्री सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा भव्यतापूर्वक सम्पन्न भएको छ। विभिन्न दल, समुदायका प्रतिनिधि, शुभेच्छुक र कार्यकर्ताहरूको उल्लेख्य सहभागितामाझ सम्पन्न सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई अझ सशक्त बनाउने संकल्प व्यक्त गरेको छ।
सम्मेलनले १५ सदस्यीय नगर कमिटी गठन गरेको छ। जसअनुसार अध्यक्षमा क. सुरेश नेपाली, उपाध्यक्षमा क. दुरादेवी कुमाल, क. रितु सार्की र क. रामबहादुर कडरा निर्वाचित भएका छन्। त्यस्तै, सचिवमा क. नरबहादुर आउजी, सहसचिवमा क. नन्दराम ओड, कोषाध्यक्षमा क. तारा लुहार चयन भएका छन्।
कार्यक्रमको सभाअध्यक्ष स्वयं अध्यक्ष क. सुरेश नेपालीले गरेका थिए भने प्रमुख अतिथि क. टेकेन्द्र प्रसाद भट्ट रहेका थिए। सो अवसरमा क. देवीलाल चौधरी, क. लोकेन्द्र लम्साल, क. गोविन्द विक विशिष्ट अतिथि रहनुभएको थियो। साथै खेमराज पाण्डे, सबिर सुनार, अमिन दहित, दिपक खत्री निर्माण, चक्र रैकाल र मखन दहितलगायतका अतिथिहरूको पनि उपस्थिति रहेको थियो।
अतिथिहरूले मन्तव्य राख्दै दलित मुक्तिमोर्चाले दलित समुदायको अधिकार, समानता र न्यायका लागि खेलेको भूमिकाको प्रशंसा गरेका थिए। उनीहरूले नयाँ निर्वाचित नेतृत्वलाई दलित समुदायको सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकार सुनिश्चिततामा अग्रसर हुन आग्रह गर्दै शुभकामना व्यक्त गरेका थिए।
सम्मेलनमा बोल्ने वक्ताहरूले नेपाली समाजमा विद्यमान विभेद, असमानता र उत्पीडनको अन्त्य गर्न दलित समुदाय एकजुट भएर संघर्षरत रहनुपर्नेमा जोड दिएका थिए। साथै, संगठनलाई अझ संगठित, सबल र जनमुखी बनाउन सबै तह–तप्कामा सहकार्य र समन्वय बढाउनुपर्ने आवश्यकता औंल्याइएको थियो।
कार्यक्रममा सहभागी कार्यकर्ताहरूले उत्साहपूर्ण उपस्थितिसहित सभालाई ऐतिहासिक बनाएका थिए। भव्य सभ्यता र सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त सम्मेलनले कृष्णपुर नगर क्षेत्रमा दलित समुदायको नेतृत्वलाई नयाँ उचाइमा पु¥याउने विश्वास गरिएको छ।