प्रहरीले २ नम्बरको मोटरसाइकल चलाउँदै कानुनको उल्लङ्घन

गणेश क्षेत्री, भाद्र १६, कैलाली
कैलालीको टीकापुर इलाका प्रहरी कार्यालयका केही प्रहरीहरुले अनधिकृत नम्बर प्लेटसहितको मोटरसाइकल चलाएको प्रमाण फेला परेको छ। कानुन विपरीत गतिविधिलाई नियन्त्रण गर्नु पर्ने प्रहरी आफैंले यस्तो मोटरसाइकल चलाउँदा कानुनी राज्यको उपहास भएको छ।

प्राप्त विवरण अनुसार, सुप्र. प्र. ०१००९ प ५५०२ नम्बरको हिरो कम्पनीको मोटरसाइकल प्रहरीहरूले प्रयोग गर्दै आएका थिए। तर यातायात व्यवस्था विभाग, धनगढीका अनुसार उक्त मोटरसाइकल बजाज कम्पनीको हो र यसको वास्तविक स्वामी महेन्द्रनगरका नन्दलाल भट्ट हुन्।

त्यस्तै, अर्को सुप्र. प्र. ०१००३ प ८१८४ नम्बरको मोटरसाइकल पनि प्रहरीले प्रयोग गर्दै आएको पाइएको छ। यस मोटरसाइकल महेस सिह रावल, महेन्द्रनगरको हो र बजाज कम्पनीको उत्पादन हो।

टीकापुर प्रहरी कार्यालयका इन्चार्ज, प्रहरी नायब उपरीक्षक नबिनराजा बुढाथोकिले उक्त मोटरसाइकल अबदेखि प्रयोग नगर्ने बताएका छन्। यसैगरी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले पनि भविष्यमा यी नम्बर प्लेट भएका मोटरसाइकल प्रहरीले चलाउन नदिने स्पष्ट पारेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply