हेमा भट्ट
कञ्चनपुर, भाद्र १७।
निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औं कार्य समितिको निर्वाचन यही भाद्र २१ गते हुन गइरहेको छ। निर्वाचन नजिकिँदै जाँदा विभिन्न उम्मेदवारले आफ्ना विचार र प्रतिबद्धता सार्वजनिक गरिरहेका बेला, युवा निर्माण व्यवसायी मनिराज रेग्मी सदस्य पदका उम्मेदवारका रूपमा चर्चामा आएका छन्।
विगत लामो समयदेखि निर्माण क्षेत्रमा सक्रिय रेग्मी, उच्च गुणस्तरीय काम गर्ने इमानदार व्यवसायीका रूपमा चिनिन्छन्। सडक, भवन, खानेपानीलगायतका योजनामा उनले देखाएको सक्रियता, समयमै काम सम्पन्न गर्ने शैली र पारदर्शिता समाजमा विश्वासिलो उदाहरण बनेको छ। यही कारण उनलाई निर्माण व्यवसायी मात्र नभई सर्वसाधारण जनताले समेत भरोसायोग्य युवा व्यवसायीका रूपमा हेर्दै आएका छन्।
होटल हाइवे ग्रिनका सञ्चालकसमेत रहेका रेग्मीले व्यवसायलाई नाफाभन्दा बढी समाजसेवाको माध्यमका रूपमा अघि बढाउँदै आएका छन्। उनले निर्माण व्यवसायलाई भौतिक संरचना बनाउन मात्र नभई समाजमा विश्वास र भविष्य निर्माण गर्ने साधनको रूपमा हेर्ने बताउँदै आएका छन्। उनका शब्दमा, “निर्माण व्यवसाय केवल संरचना निर्माण मात्र होइन, समाजमा विश्वास र भविष्य निर्माण गर्ने जिम्मेवारी पनि हो। संघको जिम्मेवारी पाएँ भने, सबै सदस्यको आवाज सुन्ने, पारदर्शिता र गुणस्तरलाई प्राथमिकता दिनेछु।”
रेग्मीले स्थापना गरेको त्रिपुरा निर्माण सेवामार्फत उनले गरेका कामहरू अहिले पनि उदाहरणीय मानिन्छन्। स्थानीय स्तरमा सडक, खानेपानी, भवनजस्ता पूर्वाधार योजनामा उनले देखाएको नेतृत्व र गुणस्तरीय निर्माणले उनलाई अझ लोकप्रिय बनाएको छ।
उनलाई समर्थन गर्दै विभिन्न व्यवसायीहरूले रेग्मीलाई आगामी निर्वाचनमा अत्यधिक मतले विजयी गराउन आग्रह गरेका छन्। उनीहरूका अनुसार, “मनिराज रेग्मी जस्तो इमानदार, व्यवहारिक र श्रमशील व्यवसायी नेतृत्वमा पुगे संघ अझ सक्षम र परिणाममुखी बन्नेछ।”
निर्माण व्यवसायी संघ कञ्चनपुरको आसन्न निर्वाचनलाई यहाँका व्यवसायीहरूले संघको भविष्य मात्र नभई जिल्लाको समग्र विकाससँग पनि जोडेर हेरेका छन्। यसपटक चुनावमा उर्जाशील युवा व्यवसायीको रूपमा मनिराज रेग्मीको उम्मेदवारीले विशेष ध्यान खिचेको छ।