हेमा भट्ट, भाद्र २१
कञ्चनपुर, कृष्णपुर–७, मटैया कटान।
शनिबारको दिन कृष्णपुर नगरपालिका–७, मटैया कटानको उग्ररतारा सामुदायिक वनको प्राङ्गण साँच्चिकै उत्सवमय बनेको थियो। हावामा हरियो रूख–बिरुवाको सुवास मात्र होइन, सामुदायिक एकताको गर्व मिसिएको थियो। “हरियो वन हाम्रो सम्पत्ति हो, सामुदायिक एकता हाम्रो पहिचान हो” भन्ने नारा सर्वत्र गुन्जिरहेको यो अवसर समूहको दसौँ वार्षिक साधारणसभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम थियो।
यो दिन साधारणसभा मात्रै रहेन, सामुदायिक भावनाको जीवित उत्सव बनेर धेरैलाई मनमा अमिट छाप छाडेर गयो।
सभाध्यक्षसमेत रहेका समूहका अध्यक्ष मदन रानाले आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन प्रस्तुत गर्दै आय–व्ययको तथ्य सार्वजनिक गरे।
कुल आम्दानी : रु. २८,७१५९७
कुल खर्च : रु. २८,९४,७९४
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु. २९,८०,००० बराबरको कार्ययोजना प्रस्तुत गर्दै उहाँले सामुदायिक वन केवल वृक्षरोपण वा काठको जोहो मात्र नभई “पारदर्शिता, जवाफदेहिता र भावी पुस्ताका लागि हरियो सम्पत्ति” भएको स्मरण गराउनुभयो।
प्रमुख अतिथि कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रौपती रानाको मन्तव्यले सबैलाई भावुक बनायो। उहाँले भन्नुभयो—
“म केवल नगर उपप्रमुख मात्र होइन, यो वनकै परिवारकी सदस्य पनि हुँ। यस वनले मलाई आमा–सन्तानजस्तै पालेको छ। सामुदायिक वन हाम्रो साझा जीवनरेखा हो।”
यो भनाइसँगै उपस्थित धेरैको आँखामा चमक र मनमा गर्वको लहर देखिन्थ्यो।
साधारणसभामा वडा अध्यक्ष घुम्न राना, कार्यपालिका सदस्य आरती बोहरा, सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरी, जानकी सामुदायिक वनका अध्यक्ष चन्द्र प्रकाश भट्ट, वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारी, विरेन्द्र सामुदायिक वनकी अध्यक्ष धर्मा देवी भाट, एकता सामुदायिक वनका अध्यक्ष देवबहादुर वड, वनदेवी सामुदायिक वनका अध्यक्ष रामचन्द्र भट्ट लगायतका व्यक्तित्वको उपस्थिति कार्यक्रमलाई अझै गरिमामय बनायो।
कार्यक्रममा आएका वक्ताहरूले केवल शुभकामना मात्र दिएनन्, सामुदायिक वनलाई अझ सबल बनाउन मूल्यवान सुझाव पनि राखे।
समाजसेवी युवा नरेश साउद :“यो वनले हामीलाई काठ मात्र दिंदैन, सास लिने हावा, भविष्य र आशा दिन्छ। संरक्षण हरेक सदस्यको कर्तव्य हो।”
शिक्षक तथा रेडक्रस सदस्य सोभास पन्त :
सामुदायिक वनसँग सम्बन्धित व्यवहारिक र कानुनी पक्षमा ठोस सुझाव प्रस्तुत गर्दै, सचेत र संगठित रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
कञ्चन मावि व्यवस्थापन समितिका अध्यक्ष हरि गैराल : दोहोरो सदस्यता हटाई एउटै समूहमा मात्र सदस्यता दिनुपर्ने आवश्यकताबारे धारणा राख्दै पारदर्शी व्यवस्थापनको वकालत गर्नुभयो।
यी सुझावले साधारणसभालाई मात्र होइन, भविष्यको कार्ययोजनालाई पनि दिशा दिने संकेत गरेका छन्।
उग्ररतारा सामुदायिक वनको सभाभवन त्यो दिन साँस्कृतिक महोत्सवजस्तै झल्किएको थियो।
राष्ट्रिय कलाकार लक्ष्मी रानाको दमदार प्रस्तुति विशेष आकर्षण बन्यो। उहाँले प्रस्तुत गरेको राना होरी गीतले उपस्थित सबैलाई नचाउँदै उत्सवलाई थप रौनकित बनायो।
स्थानीय प्रतिभाले प्रस्तुत गरेका नाचगान, हास्यव्यंग्य र रमाइला प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनात्मक बनायो।
सभामा सहभागीहरूले भने— “आजको साधारणसभा आर्थिक प्रतिवेदन सुन्ने मञ्च मात्र होइन, सामुदायिक आत्मीयता र संस्कृतिको संगम बनेको छ।
कार्यक्रमलाई उपाध्यक्ष धौली देवी मल्लले आत्मीय स्वागत गर्दै प्रारम्भ गरिन्। समाजसेवी युवा मुकेश भट्टको ओजपूर्ण सञ्चालनले साधारणसभामा उत्साह र ऊर्जा थपियो।
उग्ररतारा सामुदायिक वन उपभोक्ता समूहले दसौँ वर्षको यात्रा पूरा गर्दै जुन उदाहरण प्रस्तुत गर्यो, त्यसले समुदायलाई मात्र होइन, सम्पूर्ण समाजलाई प्रेरणा दिएको छ।
यो साधारणसभा मार्फत फेरि एकपटक स्पष्ट भएको छ—वनसँगको सम्बन्ध केवल उपयोगकर्ता र व्यवस्थापकको होइन, आमा–सन्तानजस्तै आत्मीय र अनन्त बन्धन हो।
समूहका सदस्यहरूले अनुभव गरेझैँ, “उग्ररतारा सामुदायिक वन हाम्रो भविष्य मात्र होइन, हाम्रो जीवनरेखा हो।
एन फेकाेफन सुदूरपश्चिम प्रदेश महासचिव तथा सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरीकाे भनाइ दिगो वन अहिलेकाे आवश्यकता हाे उपभोक्ता धेरै वन क्षेत्रफल कम रहेकोे बताउदै आगामी एन कानुन सम्बन्धित प्रस्ट पार्नु भएको थियो
विशिष्ट अतिथि कृष्णपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष घुम्न रानाको सान्दर्भिक भनाइ स्थानीय सरकार सधैं तपाईंको साथमा रहने प्रतिबद्धता जाहेरी गरेका छन् उनलेे वडा भित्र रहेका उपभोक्तालाई कुनै सामुदायिक वनलाई वन्चित नगर्न आग्रह गरेका थिए ।
प्रमुख अतिथि कृष्णपुर नगरपालिका नगर उपप्रमुख द्राेपती रानाले स्थानीय सरकार सधैं उपभोक्त सामुदायिक वनको साथमा रहेको र रहनेछ बताइन् उनलेे सामुदायिक वन का बारेमा र उपभोक्तालाई वनलाई सधैं सहकारी गरेरै अगाडि बढनु पर्ने उनलेे बताइन सुझाव सल्लाह र सहकारी समन्वय अहिलेको आवश्यकता बताइन्
लामो भनाइ राखिन
अन्तमा सभा अध्यक्ष तथा उग्रतारा सामुदायिक वनका अध्यक्ष मदन रानाले सबै सुझावअनुसार सल्लाह अनुसार अगाडि बढने बताए र पाहुनालाई उपस्थित सबै उपभोक्तालाई धन्यवाद सहित कार्यक्रम समापन गरेका थिए