कञ्चनपुरको कृष्णपुरमा माओवादी केन्द्रको अधिवेशन : संगठन सुदृढीकरण र नयाँ संकल्प

हेमा भट्ट, भदौ २१
कञ्चनपुरको कृष्णपुर नगरपालिका–६, सिंहपुरस्थित सामुदायिक सभाहल शनिबार बिहानैदेखि उत्साह, नारा र उपस्थितिले गुञ्जायमान बन्यो। “मजदूर एक होओं, भ्रष्टाचार र वेथितिविरुद्धको आन्दोलन सशक्त बनाऔं” भन्ने सशक्त नारा बोकेर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कृष्णपुर नगर समितिको दोस्रो नगर अधिवेशन भव्यताका साथ सम्पन्न भयो।

यस अधिवेशनलाई स्थानीय राजनीतिक जीवनमा एउटा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। पार्टीका नेता, कार्यकर्ता मात्र होइन, स्थानीय समाजका बुद्धिजीवी, युवापुस्ता, अगुवादेखि सर्वसाधारणसम्म उत्साहपूर्वक सहभागी बने। बिहान ९ बजेदेखि शुरु भएको सभाहल दिउँसोसम्म विभिन्न मन्तव्य, प्रतिबद्धता र संकल्पका स्वरहरूले गुञ्जायमान रह्यो।

अधिवेशनको प्रमुख आकर्षण पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं पार्टी उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश पार्टी इन्चार्ज गिरिराजमणि पोख्रेलको उपस्थिति रह्यो। उहाँले उद्घाटन गर्दै “सामाजिक न्यायमा आधारित समाज र सुशासनको यात्रामा अब जनतालाई सशक्त रूपमा साथ दिनुपर्ने बेला आएको छ” भन्दै पार्टीको भावी दिशाबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभयो।

कार्यक्रमको सभाध्यक्षता पार्टी नगर समितिका अध्यक्ष जोगराज चौधरीले गर्नुभयो भने सञ्चालन नगर सचिव जगदिश मल्लले सम्हाल्नुभयो।

अधिवेशनमा माओवादी केन्द्रका थुप्रै वरिष्ठ नेताहरूको उल्लेखनीय उपस्थिति थियो। संविधानसभा सदस्य एवं केन्द्रीय सदस्य टेकेन्द्र प्रसाद भट्ट, देवीलाल चौधरी, केन्द्रीय सदस्य जयराज पाण्डे, वैकल्पिक केन्द्रीय सदस्य कमल क्षेत्री, जिल्ला संयोजक एवं प्रदेश सचिवालय सदस्य खेमराज पाण्डे, जिल्ला सचिव सहविर सुनार, प्रदेश सचिवालय सदस्यहरू अक्कल बोहरा, अमिन प्रसाद दहित, नरहरि नाथ लगायतका नेताहरू सहभागी थिए।

त्यस्तै, प्रदेश सदस्यहरू—दीपक बहादुर खत्री, सुरेन्द्र चौधरी, अर्जुन बहादुर साउद, सुरेन्द्र धामी, सीता चौधरी, अजित कार्यकगहुवा—आदिको उपस्थिति पनि उल्लेखनीय रह्यो।

प्रदेश सल्लाहकार बिबिस्ता दहित, वीर बहादुर राजबंशी, जेष्ठ कम्युनिस्ट मंचका रामलाल चौधरी, नवराज भट्ट, केशवराज सुवेदी, इन्द्र बहादुर साउद, शेरबहादुर रोकाया लगायतका अगुवाहरू पनि सहभागी थिए।

स्थानीय सरकारतर्फ वडा नं. ४ का अध्यक्ष धर्म सिंह, वडा नं. ६ का अध्यक्ष बाबुराम चौधरी, वडा नं. ३ का अध्यक्ष खेमराज चौधरी, वडा नं. २ का अध्यक्ष अर्जुन साउद विशेष अतिथिका रूपमा उपस्थित थिए।

वक्ताहरूले आफ्नो सम्बोधनमा भ्रष्टाचार, सामाजिक अन्याय, असमानता र बेथितिविरुद्ध पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए। उनीहरूले माओवादी केन्द्रले विगतमा जनयुद्धमार्फत ल्याएको सामाजिक रूपान्तरणलाई अझै संस्थागत गर्दै “जनतासँग नजिक, जनजीवनमा प्रत्यक्ष” हुने अभियान अघि बढाउनुपर्ने प्रतिवद्धता जनाए।

प्रमुख अतिथि पोख्रेलले भने, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधारलाई अझ मजबुत बनाउन, जनताको आकाङ्क्षा पूरा गर्न र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति अवलम्बन गर्न हामी कटिबद्ध छौं। यही अधिवेशनले नयाँ उत्साह र दिशा दिनेछ।

अधिवेशनले नयाँ नगर कमिटी पनि चयन गरेको छ। कञ्चनपुर जिल्ला संयोजक एवं प्रदेश सचिवालय सदस्य खेमराज पाण्डेले जानकारी दिएअनुसार अध्यक्षमा मखन दहित, उपाध्यक्षमा रोजिना खत्री, सचिवमा दीपक वड, सहसचिवमा यज्ञराज पन्त, कोषाध्यक्षमा कमला बोहरा लगायत ३५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरिएको छ।

नव–निर्वाचित अध्यक्ष मखन दहितले नयाँ कमिटीलाई चुस्त र दृढ बनाएर विशेष जिम्मेवारीसहित अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अधिवेशन केवल संगठनात्मक गतिविधि मात्र नभई सामाजिक न्याय, सुशासन र समृद्ध नेपालको अभियानलाई पुनः जीवित गर्ने संकल्पसहित सम्पन्न भएको छ। सहभागीहरूको उत्साहपूर्ण अनुहारले स्पष्ट संकेत गरेको छ—कृष्णपुरमा माओवादी केन्द्र अझ जनमुखी, सक्रिय र सशक्त रूपमा उदाउने तयारीमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply