कैलाली जनपुस्तकालयको निर्वाचन अभियन्ता राजेन्द्र रैका सर्वाधिक मत सहित बिजय

भदौ २१ धनगढी

सुदूरपश्चिम प्रदेशको ऐतिहाँसिक विरासत बोकेको कैलाली जनपुस्तकालयको वार्षिक साधारणसभा तथा प्रबन्ध समितीको निर्वाचनमा कैलालीका परिचित सकृय सामाजिक अभियन्ता,अधिकारकर्मी राजेन्द्र रैका प्रवन्ध समितीको निर्वाचनमा सदस्य पदमा सर्वोधिक लोकप्रिय मतका साथ विजय भएका छन् ।

बुधबार सम्पन्न ४८औँ साधारणसभा तथा प्रबन्ध समितीको निर्वाचनबाट अभियन्त रैका अत्याधिक मतले विजय भएका हुन । कैलाली जनपुस्तकालयमा सामाजिक अभियन्ता रैका संग एक कार्यकाल सदस्यमा कार्य गरिसकेको सफल अनुभव पनि छ । अभियन्ता रैकाको जनपुस्तकालयको विकास एंव समृद्धिमा महत्वपूर्ण योगदान छ । पुस्तकालयको विकास एंव ईलाईब्रेरी निर्माणका लागि

सुदूरपश्चिम प्रदेश सरकार र अन्य निकायबाट बजेट तथा योजना हाल्नमा समेत रैका ले गरेको समन्वय एंव सहजीकरणलाई अहिले पनि पुस्तकालय परिवार र अन्य धेरैले प्रशंसा गर्ने गरेका छन् ।

१० जना सदस्य पदका लागि भएको निर्वाचनमा राजेन्द्र रैका ले सर्वोधिक लोकप्रिय मत पाएका थिए । कैलाली जनपुस्तकालय प्रबन्ध समितिको विधान २०५७ को परिच्छे ५ दफा २३ बमोजिम गठन हुने

कार्यसमितिको निर्वाचनमा कुल ८२० मतदाता मध्ये जम्मा ३०१ मत खसेको थियो भने १४ मत बदर भएको थियो । जम्मा खसेको ३०१ मतमा रैका ले १७६ मत प्राप्त गरी १० जनामा दोश्रो स्थानमा आफ्नो जीत सुनिश्चित गरेका थिए । एक कार्यकाल सदस्य रुपमा सफल जिम्मेवारी निर्वाह गरी सकेका रैका दोश्रो कार्यकालमा सदस्यका रुपमा अत्याधिक मतले विजय भएपछि अधिकाँश आजीवन सदस्य र निर्वाचित बहुमत सदस्यहरुले उनलाई पदाधिकारीको रुपमा देख्न चाहेको निर्वाचित सदस्यहरु एंव आजिवन सदस्यहरुले बताएका छन् ।अभियन्ता रैका सालिन,क्षमतावान एंव सबैका बिश्वास एंव प्रियपात्रका रुपमा परिचित छन ।

कैलाली जनपुस्तकालय प्रबन्ध समितिको विधान २०५७ बमोजिमकार्यसमिति बैठक मार्फत थप ४ जनालाई मनोनित गर्दै प्रबन्ध समितिका दश जना निर्वाचित सदस्यहरुबाट एक उपाध्यक्ष,सचिव,सहसचिव र कोषध्यक्षको जिम्मेवारी बाँडफाँड सहित पूर्णता दिनेछ। पदाधिकारीमा अभियन्ता रैका पनि प्रबल आकाँक्षीका रुपमा देखिएका छन् । जसमा अध्यक्ष शिबराज ओझा पनि सकारात्मक रहनु हुने पुस्तकालय निकट श्रोतले बताएका छन् ।

अधिकारकर्मी रैका दुई दशक देखि मानवअधिकार,शिक्षा अधिकार,सामाजिक न्याय,रुपान्तरण,कला संस्कृति संरक्षण, युवा सशक्तीकरण,दलित सिमान्तकृत समुदायको हक अधिकार एंव सामाजिक बिकासका क्षेत्रमा कृयाशिल रहदै आएका छन्

कैलाली जिल्लामा रहि शिक्षा,सामाजिक एंव मानवअधिकारका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याए बाफत यसअघि उनी युवा प्रतिभा राष्ट्रिय सम्मान २०७८ बाट समेत सम्मानित भई सकेका छन् ।

अधिकारकर्मी रैका मानवअधिकार संरक्षण मंच नेपालको सुदूरपश्चिम प्रदेश सचिब,एम्नेस्टी ईन्टरनेशनल नेपाल समूह ४४ को सेक्रेटरी पदमा रहि मानवअधिकार,शिक्षा अधिकार,दलित अधिकार, सामाजिक न्याय र रुपान्तरणको क्षेत्रमा कृयाशिल छन् । उनीसंग विभिन्न सामाजिक,साहित्यीक,सास्कृतिक संघसस्थामा काम गरेको सफल अनुभव छ ।
उनी कैलाली जनपुस्तकालयको पदाधिकारीमा पछिल्लो युवा पिढीमा सबैभन्दा योग्य सालिन क्षमतावान व्यक्ति भएको पुस्तकालयसंग निकट रहेका ब्यक्तिहरु भन्ने गरेका छन् । यसअघि प्रबन्ध समितिको अध्यक्षमा शिबराज अोझा निर्बिरोध निर्वाचित भएका थिए ।
प्रबन्ध समितीको निर्वाचनबाट सदस्यमम निर्वाचित हुनेमा टंक प्रसाद जोशी, शेरसिहं खड्का, राजेन्द्र रैका, सुवाष चन्द्र भण्डारी, जयराज जोशी, राधा कुमारी फुलारा, डिल्ली राज ओझा सम्पर्ण, टी। आर। पाठक, सुशीला भट्ट र पदम राज जोशी रहेका छन। निर्वाचनमा जम्मा १९ जनाले उम्मेदवारी दिएका थिए। १९ मध्ये रैका ले सर्वोधिक लोकप्रिय मतका साथ दोश्रो स्थानमा विजय भएका थिए ।

२०१४ सालमा स्थापना भएको सुदूरपश्चिमकै जेठो पुस्तकालय, कैलाली जनपुस्तकालय २०४० सालसम्म जिल्ला पञ्चायत सभापति पदेन अध्यक्ष हुने व्यवस्था थियो । ०४० सालबाट पुस्तकालयले आजीवन सदस्य बनाउने र तीनैमध्येबाट अध्यक्ष चयन गर्न थालियो । त्यसपछि २०३७ सालमा कैलाली जनपुस्तकालयको पहिलो अध्यक्षको रुपमा साहित्यकार स्व।देवकान्त पन्त भए । आजीवन सदस्यबाट कार्यसमिति बन्न थालेपछि जनपुस्तकालयले गतिविधि बढाउन थाल्यो ।

हाल कैलाली जनपुस्तकालयमा दर्ता भएका २५ हजार र विभिन्न दाताबाट संकलन गरिएका ७० हजार गरी ९५ हजार पुस्तक छन्,’ ‘स्थानीय, राष्ट्रिय, दैनिक, साप्ताहिक, मासिक, त्रैमासिक, पाक्षिक र वार्षिक गरी सबै जसो पत्रपत्रिकाको पनि भण्डार जनपुस्तकालयसँग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply