कृष्णपुर नगरपालिकाले स्वास्थ्य सेवा र सिफारिसका लागि सेवा पुनः सुरु

हेमा भट्ट, २८ भदौ
कञ्चनपुर – कठिन परिस्थितिका बाबजुद कृष्णपुर नगरपालिकाले आइतबारदेखि आफ्ना सबै सेवा पुनः सुरु गर्ने निर्णय गरेको छ। नगरपालिकाले विशेष रूपमा क्यान्सर र अन्य गम्भीर रोगका बिरामीका लागि सिफारिस पत्र र अन्य अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएको छ।

नगर प्रमुख हेमराज ओझाले रैकवार खबर दैनिकलाई जानकारी दिँदै भने,जनताको दुःखमा साथ दिनु हाम्रो जिम्मेवारी हो। नगर प्रमुख मात्र नभई जनप्रतिनिधिको धर्म नै यही हो—जनताको आवश्यकता पूरा गर्ने हाम्रो जिम्मेवारी हाे ।

उहाँले नागरिकलाई आग्रह गर्नुभयो कि स्वास्थ्य समस्या, आपतकालीन अवस्था वा अन्य कठिनाइ देखिए तुरुन्त नगरपालिकालाई सम्पर्क गर्न। यसले नगरपालिका छिटो हस्तक्षेप गर्न सक्नेछ र स्वास्थ्य उपचारमा आवश्यक सिफारिस सहज रूपमा उपलब्ध हुनेछ।

स्थानीय क्यान्सर बिरामी अब नगरपालिका मार्फत सिफारिस पाउँदा हामीलाई ठूलो राहत मिल्ने बताउँछन् ।

स्थानीय बुद्धिजीवीले यस निर्णयलाई स्थानीय प्रशासनप्रतिको भरोसा बढाउने, स्वास्थ्य सेवा जनमैत्री बनाउने र समाजमा सहानुभूति प्रवर्द्धन गर्ने कार्यमा सकारात्मक कदम भएको बताइरहेका छन्।

नगरपालिकाले स्वास्थ्य सेवासँगै अन्य अत्यावश्यक प्रशासनिक कामहरू पनि नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ। नागरिकहरूले भने,यो समयमै आएको निर्णय हो। हाम्रो पीडामा संवेदनशील भएर कदम चाल्नु भएकोमा धन्यवाद।

नगर प्रमुख हेमराज ओझाको पहलले कठिन परिस्थितिबाट गुज्रिरहेका सर्वसाधारणका लागि छिटो, सहज र भरोसायोग्य सेवा सुनिश्चित गर्ने विश्वास जगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply