आजबाट गोदावरी नगरपालिकाले ६ लेन सडकमा स्मार्ट बत्ती

हेमा भट्ट, भदौ २८

कैलालीको अत्तरिया बजारदेखि धनगढी सीमाना हुँदै धनगढी उपमहानगरपालिकासम्मको ६ लेन सडक आजदेखि झिलिमिलि उज्यालो बनेको छ । गोदावरी नगरपालिकाले अत्तरिया क्षेत्रमा स्मार्ट सडकबत्ती सञ्चालनमा ल्याएसँगै रातिको सहरलाई नयाँ आकर्षण थपिएको हो ।

यसअघि अत्तरिया बजार क्षेत्रमा राति अन्धकार छाउने गरेको र त्यसकै कारण सडक दुर्घटनादेखि चौपायासँग ठोक्किने घटना बढ्ने गरेको स्थानीयवासीले बताएका थिए । तर, स्मार्ट बत्ती बल्न थालेपछि यात्रुहरूलाई सहज र सुरक्षित महसुस भएको छ ।

नगरपालिकाका अनुसार ऊर्जा–सक्षम प्राविधि प्रयोग गरिएका यी स्मार्ट सडकबत्तीहरूले विद्युत् बचत मात्र नभई सुरक्षा र सौन्दर्य दुवैमा योगदान पुर्‍याउनेछन् ।

गोदावरी नगरपालिकाका प्रमुखले भने, “यो कदम हाम्रो सहरलाई आधुनिक र सुरक्षित बनाउनको लागि महत्वपूर्ण छ । जनताको सुरक्षित आवागमन नै हाम्रो प्राथमिकता हो ।”

सडकमा उज्यालो फैलिँदा अत्तरिया बजारदेखि धनगढीसम्मको यात्रामा सहजता थपिएको मात्र नभई, रातिको सहर पनि आकर्षक देखिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply