हेमा भट्ट, असाेज २
काठमाडौं- अन्तर्राष्ट्रिय ख्याति प्राप्त वरिष्ठ वैज्ञानिक तथा भ्रष्टाचार विरोधी अभियन्ता डा. रमेश आचार्यलाई आगामी मन्त्रिपरिषद् विस्तारमा स्वास्थ्य मन्त्री वा परराष्ट्र मन्त्रीका रूपमा नियुक्त गर्ने सम्भावनाबारे हाल राजधानीमा मात्र नभई सञ्जालमा समेत व्यापक चर्चा भइरहेको छ।
डा. आचार्यले अहिलेसम्म १०४ भन्दा बढी देशमा सेमिनार प्रस्तुत गर्दै बलियो अन्तर्राष्ट्रिय सम्पर्क स्थापित गरेका छन्। GEN Z आन्दोलनलाई निरन्तर सहयोग गर्ने उहाँले कोभिड–१९ महामारीको कठिन समयमा हजारौं नेपालीलाई स्वास्थ्य परामर्श, सचेतना अभियान र प्रत्यक्ष सहयोग उपलब्ध गराएर राष्ट्रिय स्तरमै उल्लेखनीय योगदान दिएका थिए।
विशेषज्ञहरूको भनाइअनुसार, यदि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी डा. आचार्यलाई दिइयो भने उहाँले सार्वजनिक स्वास्थ्य प्रणाली सुधार, ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार, नवीन प्रविधि र अनुसन्धानलाई प्राथमिकता दिने नीति अघि सार्ने अपेक्षा गरिएको छ।
त्यस्तै, परराष्ट्र मन्त्रीको जिम्मेवारीमा पुग्दा उहाँको अन्तर्राष्ट्रिय अनुभवले नेपाललाई विश्वमञ्चमा थप मजबुत रूपमा प्रस्तुत गर्ने, कूटनीतिक सम्बन्ध विस्तार गर्ने तथा वैदेशिक लगानी र स्वास्थ्य प्रविधि आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
योग्य, इमानदार र अनुभवी व्यक्तित्वका रूपमा डा. आचार्यले सरकारको नीति तथा कार्यक्रमलाई नयाँ उचाइमा पुर्याउने सामर्थ्य राख्ने अनेक टिप्पणीहरू सार्वजनिक हुँदै आएका छन्।