जेन–जी आन्दोलनका लागि सुदूरपश्चिमका प्रत्येक जिल्लामा सम्पर्क व्यक्ति तोकियो

खेमराज भट्ट
कञ्चनपुर, असोज ५
जेन–जी आन्दोलनलाई अझ प्रभावकारी बनाउन र आन्दोलनपश्चात् हुन सक्ने सम्भावित समस्या समाधानका लागि सुदूरपश्चिमका प्रत्येक जिल्लामा सम्पर्क व्यक्ति तोकिएको छ। जेन–जी प्रदेश संयोजक खेमराज साउँदको संयोजकत्वमा आज बसेको बैठकले तत्कालीन चुनौती समाधानमा समन्वयात्मक भूमिका निर्वाह गर्न स्वयंसेवकको रुपमा सम्पर्क व्यक्ति तोकेको जानकारी दिइएको हो।

बैठकले जेन–जी प्रदर्शनपछि आन्दोलनकारीलाई पर्न सक्ने असुरक्षा, सम्भावित समस्या वा उच्छृङ्खल गतिविधिको सहजीकरणका लागि सम्पर्क व्यक्तिमार्फत् तत्काल जानकारी आदान–प्रदान गर्ने व्यवस्था मिलाएको जनाएको छ।

प्रदेश संयोजक साउँदले सम्पूर्ण युवा कार्यकर्तालाई सतर्क रहन र कुनै पनि समस्या देखिए तुरुन्त तोकिएका सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गर्न आग्रह गरेका छन्।

जिल्लागत सम्पर्क व्यक्ति
प्रकाश धामी (कैलाली) — ९८११६५८०११
राजेन्द्र ताम्राकार (कञ्चनपुर) — ९८४३६६९५६१
महेन्द्र पुन (डडेल्धुरा) — ९८६१५७९८६४
हर्क बोहरा (डोटी) — ९७६८४२१८२१
जे.बी. चन्द (बैतडी) — ९८४०३४८१११
नरेश धामी (बझाङ) — ९८१०६४५३०९
पर्शुराम भट्ट (बझाङ) — ९८६०९२०५९४
प्रकाश रावल (अछाम) — ९८४४३५५४९२
बिरेन्द्र बिष्ट (बाजुरा) — ९८६२११४६०९
आयुस धामी (दार्चुला)

यस व्यवस्थाले आन्दोलनलाई थप संगठित, सुरक्षित र जिम्मेवार बनाउन योगदान पुग्ने विश्वास प्रदेश नेतृत्वले व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply