हेमा भट्ट, धनगढी – असोज ५
कैलालीको धनगढीस्थित पार्क मोड चोकमा सोमबार साँझ जेन–जी आन्दोलनका सहिदहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ।
सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल (एन–फेकोफन) को आयोजनामा भएको कार्यक्रममा २०८२ भदौ २३ र २४ गते अभिव्यक्ति स्वतन्त्रता, भ्रष्टाचार, विकृति र कुशासनविरुद्ध थालिएको आन्दोलनमा वीरगति प्राप्त गरेका सहिदहरूलाई श्रद्धाञ्जलि अर्पण गरिएको हो।
कार्यक्रममा बोल्ने वक्ताहरूले जेन–जी आन्दोलनले उठाएका मुद्दा सम्बोधन गर्न सरकारलाई दबाब दिनुपर्ने बताए। उनीहरूका अनुसार सहिदहरूको बलिदानलाई सम्मान गर्ने एक मात्र बाटो भनेको आन्दोलनका एजेण्डा कार्यान्वयन गर्नु हो।
दीप प्रज्वलन कार्यक्रममा विभिन्न सामाजिक संस्था, स्थानीयवासी र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1