हेमा भट्ट, असाेज ११
कञ्चनपुर- असोज १३ ‘मुटुलाई धड्कीन् देऊ — Don’t Miss a Beat’ भन्ने मूल नाराका साथ विश्व मुटु दिवस–२०८२ को अवसरमा कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–९, राजघाटस्थित राजघाट फार्मेसीमा मुटु स्वास्थ्य सम्बन्धी विशेष सेवा कार्यक्रम आयोजना हुने भएको छ।
यस कार्यक्रममा क्वेस्ट फार्मास्युटिकल्स र देउराली जनता फार्मास्युटिकल्सको संयुक्त पहल रहनेछ। विश्वव्यापी रूपमा मुटु रोगलाई मृत्युको प्रमुख कारण मानिँदै आएको सन्दर्भमा सो रोगविरुद्ध सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक संस्थाहरूले जानकारी दिएका छन्।

शिविरमा सहभागी सर्वसाधारणले नि:शुल्क मुटु, रक्तचाप, सुगर परीक्षण, ECG सेवा, स्वास्थ्य परामर्श तथा आवश्यक औषधि वितरण
निःशुल्क ईसीजी (ECG) परीक्षण गरिनेछ ।
डा. रमेश झा, MBBS (KU), MD (TU)
डा. सुजाता सुवेदी, MBBS (DU), Bangladesh डा. ललित साउद, MBBS (RMU), Bangladesh लगायतका चिकित्सकज्यूहरूको सेवा रहने जनाइएको छ।

आयोजकका अनुसार नेपालको ग्रामीण भेगमा मुटु रोगबारे आवश्यक परीक्षण तथा समयमै उपचार नहुँदा ज्यान गुमाउने अवस्था बढ्दो छ। यसरी आयोजित निःशुल्क स्वास्थ्य शिविरले स्थानीय बासिन्दा तथा सरोकारवालाहरूलाई प्रत्यक्ष लाभ दिलाउने र मुटु स्वास्थ्यप्रति सचेत गराउने अपेक्षा गरिएको छ।
विश्व स्वास्थ्य संगठन (WHO) का तथ्यांकअनुसार हृदयघात, उच्च रक्तचाप, मधुमेह, धूमपान, अस्वस्थ आहार, शारीरिक निष्क्रियता र मानसिक तनावजस्ता कारणले मुटु रोगको जोखिम उच्च रहेको छ। नेपालमा पनि ती कारणहरूको प्रभाव बढ्दै गएको भन्दै विशेषज्ञहरूले समयमै परीक्षण र सचेत जीवनशैलीलाई नै प्रभावकारी उपायका रूपमा औंल्याउँदै आएका छन्।

राजघाट फार्मेसीका प्रतिनिधिहरूले मुटु रोगको जोखिम न्यूनिकरणका लागि हरेक व्यक्तिले आफ्नो स्वास्थ्य नियमित जाँच गर्नुपर्ने आवश्यकता औंल्याउँदै यस किसिमका कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।
“स्वस्थ मुटु, स्वस्थ जीवन — हाम्रो साझा जिम्मेवारी” भन्ने नारासहित आयोजना गरिएको यस कार्यक्रममा सबै स्वास्थ्यप्रेमी तथा सचेतनशील नागरिकहरूलाई उपस्थित भई लाभान्वित हुन आयोजकले हार्दिक अनुरोध गरेका छन्।

राजघाट फार्मेसीले सीमावर्ती क्षेत्रमा सहज स्वास्थ्य पहुँच बढाउँदै “स्वस्थ मुटु, स्वस्थ जीवन — हाम्रो साझा जिम्मेवारी” भन्ने नारालाई सार्थक बनाउन यो विशेष पहल अघि सारेको जनाएको छ।
