हेमा भट्ट, असाेज १३
कञ्चनपुर – राजघाट, असोज १३ – “विश्व मुटु दिवस २०८२” को अवसरमा राजघाटमा भव्य स्वास्थ्यमूलक कार्यक्रम सम्पन्न भएको छ। “मुटुलाई धड्कन् देऊ: Don’t Miss a Beat” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रममा सयौं स्थानीय बासिन्दाले निःशुल्क मुटु परीक्षण, रक्तचाप जाँच, सुगर परीक्षण तथा स्वास्थ्य परामर्श सुविधा प्राप्त गरेका छन्।
कार्यक्रमका क्रममा स्वास्थ्यकर्मीहरूले जीवनशैली र खानपान सुधार गरेर मुटु सम्बन्धी रोगहरूबाट बच्न सकिने सन्देशसमेत प्रवाह गरेका थिए। निःशुल्क आवश्यक औषधि वितरणसमेत गरिएको कार्यक्रममा स्थानीयले स्वास्थ्य सेवा प्रत्यक्ष गाउँमै पाएको अनुभव साझा गरे।
यस अभियानलाई राजघाट फार्मेसी, देउराली जनता फार्मास्युटिकल्स र वेस्ट फार्मास्युटिकल्सले संयुक्त रुपमा आयोजना गरेका थिए। आयोजकहरूले आगामी दिनमा यस्ता निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।