प्रहरीको इज्जतमा खेलबाड नगरी सम्मान गरौं

हेमा भट्ट – हामी प्रायः भन्छौँ – हाम्रो सुरक्षा, हाम्रो अधिकार, हाम्रो स्वतन्त्रता। तर जब संकट आउँछ, जब साथीलाई जोगाउनुपर्ने हुन्छ, जब समुदायलाई सुरक्षित राख्नुपर्ने हुन्छ— त्यतिबेला अन्तिम क्षणमा अगाडि उभिने को हुन्छ? उत्तर स्पष्ट छ— प्रहरी।

तर दुःखद कुरा के छ भने, यही प्रहरीलाई हामी कहिलेकाहीँ मजाक बनाउँछौँ, वर्दीलाई खेलौना ठान्छौँ र उहाँहरूको इज्जतमाथि आघात पुर्याउँछौँ। प्रहरीलाई अपमान गर्नु भनेको केवल एक संस्थालाई होइन, हाम्रो आफ्नै सुरक्षालाई कमजोर बनाउनु हो।

हो, प्रहरीमा कमजोरी हुन सक्छन्, प्रश्नहरू उठ्न सक्छन्। तर कमजोरी सुधार्न र प्रश्न गर्न सकिन्छ, इज्जतमाथि खेलबाड भने गर्न मिल्दैन। किनकि अन्तिम भरोसा— हामी होइन, हाम्रा साथीहरूको सुरक्षा गर्ने त्यो पुलीस नै हो।

हामीले यो बुझ्नैपर्छ— प्रहरीको मनोबल कमजोर पार्दा समाजकै सुरक्षाको आधार हल्लिन्छ। त्यसैले अबदेखि प्रहरीलाई केवल कानुनका लागूकर्ताको रूपमा होइन, हाम्रो सुरक्षाको ढालको रूपमा हेरौं। उहाँहरूको योगदानलाई कदर गरौं, सम्मान गरौं। प्रहरीको इज्जत जोगाउनु भनेको हाम्रो आफ्नै भविष्यलाई सुरक्षित राख्नु हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply