गौरीफन्टा नाकामा आज पनि नेपालीको भिड कायमै

असोज १५

भारतबाट रोजगारी गरी घर फर्कने नेपालीको भिड दशैको नवरात्रको दिन पनि कायमै रहेको छ । नेपालीहरूको मुख्य चाड बडादसैँको ९ औ दिनमा पनि सो भिड कायमै रहेको हो ।

कैलालीको त्रिनगर भन्सार नाका हुँदै रोजगारीका लागि गएकाहरू घर फर्कनेको संख्या १५ हजार बढी पुगेको हेल्पडेस्कको तथ्याङमा उल्लेख छ । दैनिक सैयौ संख्यामा गौरीफन्टा नाका हुँदै नेपालीहरु घर फर्केका छन् ।

स्वदेश फर्कनेको सङ्ख्या बढेसँगै सवारीसाधनमा यात्रुको घुइँचो बढेको छ । गौरीफन्टा नाकाबाट घर फर्कने नेपालीको सङ्ख्या आज पनि बढेको छ । अन्यदिनको तुलनामा झनै भिड बढेको प्रहरीले जनाएको छ ।

गौरीफन्टा नाकाबाट पछिल्ला केही दिनयता दैनिक एक हजार बढी मानिस दशै मनाउन स्वदेश फर्किरहेका छन् । हेल्पडेस्कको तथ्याङ अनुसार गौरीफन्टा नाका हुदै हाल सम्म १५ हजार बढी मानिसहरु दशै मनाउन नेपाल फर्केका छन् । कैलालीको त्रिनगर, कञ्चपुरको गड्डाचौकी, दार्चुलाका नाकाबाट दिनहुँ स्वदेश भित्रिने क्रम बढ्दै गएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply