असोज १५ धनगढी
धनगढी उपमहानगरपालिकाको समन्वयमा नवजीवन अस्पताल प्रा.लि.ले विजयादशमीको दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
अस्पतालले एक सूचना जारी गर्दै धनगढी, फूलबारी र अत्तरियासम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने जानकारी दिएको हो ।
सार्वजनिक यातायातको अभावमा सर्वसाधारणलाई आवतजावतमा सहज होस् भन्ने उद्देश्यले यो सेवा सञ्चालन गर्न लागिएको नवजीवन अस्पतालले जनाएको छ ।
निःशुल्क बस सेवाको समय तालिका यस प्रकार रहेको छ-
बिहान ९:०० बजे: धनगढी चौराहादेखि फूलबारीसम्म
बिहान १०:०० बजे: फूलबारीदेखि धनगढी चौराहासम्म
बिहान ११:०० बजे: धनगढी चौराहादेखि अत्तरियासम्म
बिहान १२:०० बजे: अत्तरियादेखि धनगढी चौराहासम्म
दिउँसो १२:४५ बजे: धनगढी चौराहादेखि फूलबारीसम्म
दिउँसो १:३० बजे: फूलबारीदेखि धनगढी चौराहासम्म
दिउँसो २:१५ बजे: धनगढी चौराहादेखि अत्तरियासम्म
दिउँसो ३:०० बजे: अत्तरियादेखि धनगढीसम्म रातोपाटी