दृष्टि फाउन्डेसनमा केक, केरा र स्याउका साथ मनाइयो सम्पादक हेमा भट्टको जन्मदिन

रैकवार खबर दैनिक, असोज २१, २०८२
कञ्चनपुर —पत्रकारिता र सामाजिक उत्तरदायित्वको जगमा उभिएकी रैकवार खबर दैनिककी सम्पादक हेमा भट्टले यस वर्ष आफ्नो जन्मदिनलाई विलासिताभन्दा पनि आत्मीयता र मानवताको सन्देश बोकेको उत्सव बनाएकी छन्।

भिमदत्त नगरपालिका–५ सुकासाल निवासी भट्टले दृष्टि फाउन्डेसन नेपाल, धनगढी–१३, कैलालीमा केक, केरा र स्याउका साथ आफ्ना सहकर्मी र सामाजिक अभियन्ताहरूबीच जन्मदिन मनाइन्। हर्षोल्लास र ममताले भरिएको त्यो क्षणले सामान्य उत्सवभन्दा पनि गहिरो मानवीय संवेदना बोकेको अनुभव दिलायो।

फाउन्डेसनका सदस्यहरू, सामाजिक अभियन्ता र पत्रकार मित्रहरूको उपस्थितिमा कार्यक्रमको वातावरण आत्मीय र उत्साहपूर्ण बनेको थियो। उपस्थितहरूले उनलाई शुभकामना दिँदै पत्रकारितामार्फत समाजमा ल्याइरहेको चेतना, सत्य र सकारात्मक दृष्टिकोणको प्रशंसा गरे।

मेरो जीवनको पहिलो जन्मदिन २०७८ सालमा घरमै केक काटेर मनाएको थिएँ। आज दोस्रो पटक यस्तो विशेष स्थानमा, यति आत्मीय र प्रेरणादायी व्यक्तिहरूबीच जन्मदिन मनाउन पाउँदा निकै खुसी छु। यस्तो ठाउँमा मनाएको जन्मदिन पैसाले होइन, प्रेम र आत्मीयताले नापिने रहेछ भन्ने महसुस भयो।

हामी धेरै खर्च गरेर मात्रै खुशी खोज्छौं, तर सानो सोच र सच्चा साथले पनि खुशीलाई अर्थपूर्ण बनाउन सकिन्छ। दृष्टि फाउन्डेसनमा जन्मदिन मनाउँदा लाग्यो — जीवनको सुन्दरता अरूलाई खुशी दिन सक्ने क्षमतामा निहित रहेछ।

फाउन्डेसनका अध्यक्षसहितका सदस्यहरूले सम्पादक भट्टको सरलता, कर्मनिष्ठा र सकारात्मक दृष्टिकोणको प्रशंसा गर्दै उनको दीर्घायु, निरन्तर सफलता र सामाजिक योगदानको निरन्तरताको कामना गरे।

कार्यक्रममा उपस्थित एक सदस्यले भावनात्मक रूपमा भने, हेमा जीजस्तो पत्रकारले समाजलाई प्रकाशको बाटो देखाइरहेकी छन्। आज उहाँको जन्मदिन celebration मात्र होइन, त्यो समाजसेवा र मानवीयताको उत्सव हो।

कार्यक्रमभर हाँसो, आत्मीयता र सहानुभूतिको लहर बगिरहेको थियो। स-साना हातले केक बाँडिँदै गर्दा कोही हाँसिरहेका थिए, कोही आँखा रसाइरहेका। दृष्टि फाउन्डेसनको त्यो कोठाभरि एउटा सन्देश फैलिएको थियो — खुशी बाँड्दा बढ्छ, माया बाँड्दा गहिरिन्छ।

सम्पादक भट्टको यो जन्मदिन केवल व्यक्तिगत खुसीको क्षण होइन, समाजका लागि एउटा सन्देश पनि बन्यो —जसले देखायो, सानो सद्भाव, ममता र साँचो सम्बन्धले संसारलाई अझ उज्यालो बनाउन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply