पुनर्वास जनता क्याम्पस स्ववियुद्वारा प्यारा तालमा सरसफाइ र डस्टविन सहयोग

कञ्चनपुर, असोज २१ —पर्यटकीय गन्तव्यका रूपमा विकसित पुनर्वास नगरपालिका–१० स्थित प्यारा ताल परिसरमा पुनर्वास जनता क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) द्वारा सरसफाइ अभियान सञ्चालन गरी डस्टविन राखिएको छ।

पर्यटकहरूले जतासुकै फोहर फाल्ने प्रवृत्तिलाई रोक्न र ताल क्षेत्रको सरसफाइ कायम राख्नका लागि स्ववियुका विद्यार्थीहरूले छ थान सिमेन्ट रिङ डस्टविन राखेका हुन्।

स्ववियु सभापति विकास खड्काको नेतृत्वमा मंगलबार सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल बिओपी बिचफाँटा र जेन्जी पुस्ताका युवा समूहको सक्रिय सहभागिता थियो।

कार्यक्रमका क्रममा ताल वरिपरि संकलित प्लास्टिक तथा फोहर पदार्थहरू संकलन गरी नष्ट गरिएको थियो।

प्यारा ताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र बस्नेतका अनुसार स्ववियुद्वारा राखिएका सिमेन्ट रिङ डस्टविनहरूले पर्यटकहरूले फोहर व्यवस्थापन गर्न सहज बनाउने र तालको सौन्दर्य संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पछिल्ला वर्षहरूमा स्थानीय समुदाय, समाजसेवी, व्यापारी, स्थानीय र प्रदेश सरकारको सहयोगमा प्यारा ताल पुनर्वास क्षेत्रको प्रमुख आन्तरिक पर्यटन गन्तव्यका रूपमा विकसित हुँदै गएको बताइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply