चुरे लालझाडी जैविक मार्ग संरक्षण कृषि सहकारी संस्थाको १३औँ वार्षिक साधारणसभा सम्पन्न

हेमा भट्ट, असोज २४
कञ्चनपुर — चुरे लालझाडी जैविक मार्ग संरक्षण कृषि सहकारी संस्था लिमिटेड, कृष्णपुर नगरपालिका–२ वाणीको १३औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन पूर्व प्रदेशसभा सदस्य माननीय महेश दत्त जोशीले पानसमा बत्ती बालेर गर्नुभयो। उद्घाटनपछि उहाँले सहकारी संस्था स्थानीय आर्थिक सशक्तीकरणको मेरुदण्ड भएको बताउँदै सहकारीको निरन्तर प्रगति र योगदानको प्रशंसा गर्नुभयो।

साधारणसभा हरियाली सामुदायिक वन उपभोक्ता समूहको सभाहल, कृष्णपुर–५ मा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा सहकारी सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहकारीका पदाधिकारीहरूले वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन र आगामी वर्षका योजना प्रस्तुत गरेका थिए। सो क्रममा संस्थाले पारदर्शी सहकारी अभ्यास र सदस्य हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।

“मर्यादित सहकारी, समुन्नत समाज” भन्ने नाराका साथ सम्पन्न उक्त कार्यक्रम भव्य र सभ्यतापूर्ण रूपमा सम्पन्न भएको संस्थाका अध्यक्षले जानकारी दिनुभयो।

साधारणसभाको अवसरमा प्रमुख अतिथिद्वारा उत्कृष्ट सदस्यहरूलाई सम्मानपत्र वितरण समेत गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply