हेमा भट्ट, असोज २४, कञ्चनपुर
“स्वास्थ्यका लागि खेलकुद, जगतका लागि, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित १५औं भेट्रान फुटबल रनिङ कप प्रतियोगिता–२०८२ कृष्णपुर नगरपालिका–३ मा सुरु भएको छ।
कार्यक्रमलाई “हरियो वन नेपालको धन, रुख रोपौं वन जोगाऔं” अभियानसँग जोड्दै उद्घाटन गरिएको हो।
प्रतियोगिताको आयोजना श्री समावेशी कटान सामुदायिक वन उपभोक्ता समूह, कृष्णपुर–३ देखतभुलीले गरेको हो। उद्घाटन कार्यक्रम २०८२ असोज २४ गते बिहान ११ बजेदेखि सम्पन्न गरिएको थियो।
उद्घाटन खेल अन्तर्गत भेट्रानतर्फ
एकता प्रगतिशील समाज कल्याण संस्था (सा.व) र *जनहित महाकाली समाज कल्याण संस्था (सा.व)*बीच प्रतिस्पर्धा भएको थियो।
त्यसैगरी यु–१६ तर्फको खेलमा ग्वालावारी समाज कल्याण संस्था (सा.व)*ले *जनहित महाकाली समाज कल्याण संस्था (सा.व)*लाई १–० गोलले पराजित गरेको छ।
खेलमैदानमा खेलप्रेमी, स्थानीय जनप्रतिनिधि र सामुदायिक वनका सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
आयोजक संस्थाका अनुसार, प्रतियोगिताको उद्देश्य खेलकुदमार्फत समुदायबीच एकता, स्वास्थ्य सचेतना र हरित अभियानको प्रवर्द्धन गर्नु रहेको छ।