सुदूरपश्चिम साहित्य समाजमा डा. शर्माको समालोचनात्मक कृति विमोचन

हेमा भट्ट, असोज २५
धनगढी- साहित्य र चेतनाको सुगन्धले सुवासित धनगढी शहर शनिबार साँझ एक विशेष साहित्यिक क्षणको साक्षी बन्यो। सुदूरपश्चिम साहित्य समाज, धनगढी (कैलाली)को आयोजनामा प्रख्यात साहित्यकार डा. तुलसी शर्माद्वारा लिखित समालोचनात्मक कृति ‘आधुनिक नेपाली कथामा लैङ्गिकता’ को लोकार्पण तथा दशैं, शुभ–दीपावली र छठ पर्व २०८२ का अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भयो।

कार्यक्रमको अध्यक्षता सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीले गर्नुभयो भने प्रमुख अतिथिको रुपमा सुदूरपश्चिम प्रदेशसभा सदस्य माननीय धर्मराज पाण्डे उपस्थित हुनु भयो। सांस्कृतिक परिवेशले भरिएको उक्त कार्यक्रममा समाजसेवी, शिक्षाविद्, साहित्यकार, स्रष्टा र पाठकहरूको उल्लेखनीय उपस्थिति रहेकाे थियाे


कृतिका लेखक डा. तुलसी शर्माले आफ्नो धारणा व्यक्त गर्दै भन्नुभयो—आधुनिक नेपाली कथामा लैङ्गिक चेतना, दृष्टिकोण र पात्र संरचनाका विभिन्न आयामहरू अध्ययन विश्लेषण गरेर मैले यो कृति लेखेको हुँ। यो सिर्जना के

वल आलोचना होइन, हाम्रो समाजमा विद्यमान सोच र संवेदनाको प्रतिविम्ब हो।

त्यस अवसरमा प्रमुख अतिथि माननीय धर्मराज पाण्डेले भावुक हुँदै भन्नुभयो—डा. शर्माको कृति साहित्यको जगमा उभिएको एउटा दर्पण हो, जसले समाजका लैङ्गिक असमानता र चेतनाका तहहरू देखाउँछ। यस्तो बौद्धिक सिर्जनाले समानता र न्यायपूर्ण समाज निर्माणतर्फ मार्ग प्रशस्त गर्छ।

अध्यक्ष रामलाल जोशीले सुदूरपश्चिम साहित्य समाजले सदैव मौलिक सिर्जनाको कदर गर्दै आएको उल्लेख गर्दै थपे—हामी सिर्जनाकै माध्यमबाट समाजमा प्रकाश फैलाउने यात्रामा छौं। यस्ता कृतिहरू हाम्रो समाजको चिन्तनलाई नयाँ दिशा दिन्छन्।

कार्यक्रममा साहित्यकार भीम पुन, कल्पना थापा, प्रेमराज जोशी, समाजसेवी इन्द्र बोहरा, शिक्षाविद् डा. हरि सापकोटालगायतका वक्ताहरूले कृतिको समालोचनात्मक पक्षमा विचार व्यक्त गर्दै लेखकलाई हार्दिक बधाई तथा आगामी सफलताको शुभकामना व्यक्त गरे।

सांस्कृतिक सौन्दर्य र आत्मीयताले भरिएको कार्यक्रमको अन्त्यमा सहभागीहरूले दशैं, शुभ–दीपावली र छठ पर्व २०८२ को अवसरमा एक–अर्काबीच हार्दिक शुभकामना आदान–प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply