पुनर्वासमा टिप्पर–स्कुटर ठोक्किँदा दुई गम्भीर घाइते

कञ्चनपुर, असोज २५
कञ्चनपुरको पुनर्वास नगरपालिका–५ सिमरी र दोदा पुल बीचको हुलाकी सडकमा टिप्पर र स्कुटर आपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्।

धनगढीबाट पुनर्वासतर्फ आउँदै गरेको खापर कन्सट्रक्सनको लु २ ख ३५३२ नम्बरको टिप्पर र बा. ८९ प ७३७६ नम्बरको स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई जना घाइते भएका हुन्।

घाइते दुवै जनालाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेश विक्रम शाहीले जानकारी दिनुभयो।

प्रहरीका अनुसार दुर्घटनाको कारण र घटनाबारे थप अनुसन्धान भइरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply