करेन्ट लाग्दा कृष्णपुरकी छात्रा प्रतिमा रावलको निधन

कञ्चनपुर, असोज २६
कृष्णपुर नगरपालिका–७ स्थित दृष्टि पाठशालामा कक्षा ८ मा अध्ययनरत छात्रा प्रतिमा रावलको हिजो मिति २०८२ असोज २४ गते घरमै नुहाउने क्रममा मोटरमा करेन्ट लागेर मृत्यु भएको दु:खद घटना भएको छ।

उनी घरमा नुहाउँदै गर्दा पानी तान्ने मोटरमा करेन्ट चुहिएपछि दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

प्रतिमा रावलको असामयिक निधनले सम्पूर्ण समुदाय शोकमा डुबेको छ।
कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले आफ्नाे फेसबुक वालमार्फत नाबालिका प्रतिमा रावलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

नगर प्रमुख ओझाले विद्युत् उपकरण प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने सन्देश पनि दिएका छन्। उनले भनेका छन् —

सावधानी अपनाउनु जरुरी हुन्छ। वाइरिङ र तारहरू चेक गरेरमात्र उपयोग गरौं। अहिले केही वर्षयता नुहाउने वा पानी पिउने क्रममा करेन्ट लागेर मृत्यु हुने घटनाहरू बढिरहेका छन्।

विद्युत् सुरक्षा र सचेतनाको अभावले ज्यान जाने घटनाहरू बढ्दै गएकाले सम्बन्धित निकायले पनि विद्युत् सुरक्षा जनचेतना कार्यक्रम विस्तार गर्नुपर्ने आवाज उठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply