ग्रीन भ्यू खानपान गृहको भव्य उद्घाटन बुधबार

कञ्चनपुर, असोज २९ – कृष्णपुर नगरपालिका–९ राजघाटमा नयाँ र आकर्षक खानपान गृह “ग्रीन भ्यू खानपान” आगामी बुधबार दिउँसो २ बजे औपचारिक रूपमा उद्घाटन हुने भएको छ।

उक्त जानकारी होटलका सञ्चालक विज्ञान सिंहले दिएका छन्। उनका अनुसार आधुनिक सुविधा, स्वच्छ वातावरण र स्वादिलो भोजनको व्यवस्थासहित सुरु हुन लागेको यो होटलले स्थानीयदेखि बाहिरी जिल्लाका पाहुनालाई समेत गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

उद्घाटन समारोहमा सम्पूर्ण कञ्चनपुर र कैलालीका शुभचिन्तकहरूलाई हार्दिक निमन्त्रणा गरिएको सञ्चालक सिंहले बताए। उनका अनुसार उद्घाटन कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति र स्वागत सत्कारको विशेष व्यवस्था समेत रहनेछ।

राजघाटमा नयाँ आतिथ्य गन्तव्यको रूपमा ‘ग्रीन भ्यू खानपान’ स्थानीयस्तरमा आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply