कञ्चनपुरमा जंगली हात्तीको बथान प्रवेश, स्थानीयलाई सतर्कता अपनाउन आग्रह

हेमा भट्ट, असाेज २७
कञ्चनपुर- बेलौरी नगरपालिका–५ मैनाहा क्षेत्रमा सोमबार राति करिब ८:३० बजेपछि जंगली हात्तीको बथान देखिएको छ। स्थानीयका अनुसार हाल उक्त बथान लामा ताल आसपासको क्षेत्रमा रहेका छन्।

स्थानीय स्रोतका भनाइअनुसार बेलौरी–कलुवापुर सडक खण्ड र नजिकका बस्तीहरूमा हात्तीको जोखिम बढ्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। स्थानीय उपभोक्ता समूह र वनकर्मीहरूले रातिको समयमा बाहिर ननिस्कन र हात्तीको गतिविधि देखिएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरेका छन्।

हाल बेलौरी क्षेत्रका वन भूभागमा हात्तीको ओहोरदोहोर बढ्दै गएको वन कुन्दा सब डिभिजन प्रमुख दिनेश यादवले जानकारी दिए। उनका अनुसार “सुन्दर सुदूरपश्चिमका हरियाली वनहरू जंगली जनावरहरूको सुरक्षित बासस्थान भएकाले हात्तीहरू समय–समयमा मानव बस्ती नजिक आइपुग्ने गरेका छन्।” उनले थपे, “हाम्रो टोली किसानका धानबाली जोगाउन स्थानीयको साथमा खटिएको छ।”

संबन्धित निकायले स्थानीय बासिन्दालाई सतर्क रहँदै वन्यजन्तुको सुरक्षासँगै मानव जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply