कैलालीमा गौरव ऐरमाथि हतियार प्रहार प्रकरण : थप एक अभियुक्त पक्राउ, संख्या १२ पुग्यो

रैकवार खबर,असोज २८
धनगढी — कैलालीको गोदावरीमा डडेल्धुराका गौरव ऐरमाथि धारिलो हतियार प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार पक्राउ पर्ने व्यक्ति धनगढी उपमहानगरपालिकाका तेजु रोकाया हुन्। उनलाई मंगलबार साँझ भारततर्फ भाग्ने क्रममा सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रोकाया सवार सवारीसाधन सोमबार कृष्णपुर ९ राजघाट खानेपानी नजिकै वेवारिसे अवस्थामा फेला परेको थियो। उनले उक्त सवारी त्यहीँ छाडेर भारततर्फ भाग्ने प्रयास गरेको खुलेको छ।

यससँगै घटनामा संलग्न आरोपमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ भने अझै तीन जना फरार रहेको र उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

गत आइतबार राति गोदावरी नगरपालिका–४ मा रहेको शुभम होटलमा डडेल्धुराको नवदुर्गा गाउँपालिका घर भएका ३२ वर्षीय गौरव ऐरमाथि धारिलो हतियार प्रहार गरिएको थियो।

उक्त घटनामा संलग्न रहेको आरोपमा सन्नी भनिने भीम नेपाली नेतृत्वको समूहका ११ जनालाई यसअघि नै प्रहरीले भारत भाग्ने क्रममा पक्राउ गरिसकेको छ।

प्रहरीले घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन खोजी तथा अनुसन्धानलाई तीव्रता दिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply