धनगढी, असोज २९— नेपाल आयल निगमले बिहीबार बिहानदेखि पेट्रोलको मूल्य घटाउने निर्णय गरेको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टीतेलको मूल्य यथावत् राखिएको छ ।
मूल्य समायोजनपछि पेट्रोलको नयाँ मूल्य यसप्रकार तोकिएको छ —
पहिलो वर्गका लागि प्रतिलिटर रु १५८.५०, दोस्रो वर्गका लागि रु १६०, र तेस्रो वर्गका लागि रु १६१ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा, सुर्खेत र दाङलाई दोस्रो वर्गमा र काठमाडौं, पोखरा तथा दीपायललाई तेस्रो वर्गमा वर्गीकृत गरेको छ ।
नयाँ मूल्य बिहीबार बिहानदेखि देशभर लागू हुने निगमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1