हेमा भट्ट, कार्तिक ३
धनगढी- उपमहानगरपालिका वडा नं. ३ अन्तर्गतको भागेश्वर टोलमा करिब आठ वर्षअघि करिब आठ लाख रुपैयाँ लागतमा नाली निर्माण गरिएको थियो। तर, मर्मत अभावका कारण अहिले सो नाली पूर्ण रूपमा जाम र बेकार बनेको स्थानीयहरूले बताएका छन्।
स्थानीय बासिन्दाका अनुसार, पहिलो कार्यकालमा निर्माण भएको नाली वर्षौंदेखि बिग्रँदै आएको छ। दोस्रो कार्यकाल पनि अन्त्यतिर पुगिसक्दा पनि स्थानीय सरकारको ध्यान सो क्षेत्रमा पुगेको छैन।
वर्षायाममा नाली बन्द भएर टोलभरि पानी जम्ने, घरघरमा डुबान हुने र आवत–जावत अवरुद्ध हुने समस्या दोहोरिन्छ। हिउँदमा भने धुलो र फोहोरका कारण बालबालिका र वृद्धहरूमा स्वास्थ्य समस्या देखिने गरेको छ।
एक स्थानीय बासिन्दा भन्छन्,
आठ वर्षभित्र दुई कार्यकाल बिते, तर हाम्रो टोलमा विकासको नजर परेन। बरसातमा हिलाम्मे, हिउँदमा धुलाम्मे — यही हाम्रो अवस्था हो।”
स्थानीयहरूले तत्काल नाली मर्मत र सुधारका लागि वडा कार्यालय र उपमहानगरपालिकालाई छिटो पहल गर्न आग्रह गरेका छन्।