काठमाडौं — लक्ष्मीपूजाको अवसरमा सोमबार साँझ देशभर विद्युत् माग १६५० मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार साँझ ६:५० बजे आन्तरिक माग १,६५० मेगावाट र भारततर्फ निर्यात १,०१५ मेगावाट भएको हो।
यसरी कुल २,६६५ मेगावाट विद्युत् खपत (आन्तरिक र निर्यात गरी) पुगेको प्राधिकरणले जनाएको छ।
लक्ष्मीपूजाका दिन घरघरमा दीप प्रज्वलन, बत्ती र सजावटका कारण विद्युत् खपतमा हरेक वर्ष वृद्धि हुने गर्दछ।
यस वर्ष पनि माग उच्च भए तापनि प्रणाली सन्तुलन कायम राख्दै प्राधिकरणले नियमित आपूर्ति सुनिश्चित गरेको जनाएको छ।
प्राधिकरणका अनुसार, २०७३ सालदेखि लक्ष्मीपूजाको दिन देशभर बत्ती व्यवस्थापन सुचारु रूपमा हुँदै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1