धनगढीमा छठ पर्वको तयारी अन्तिम चरणमा, आकर्षक घाट र सांस्कृतिक कार्यक्रमको तयारी पूरा

हेमा भट्ट, धनगढी (कैलाली), कार्तिक ७ — सूर्य देवताको उपासना र आस्थाको महान् पर्व छठ नजिकिँदै गर्दा धनगढीमा यसको तयारी अन्तिम चरणमा पुगेको छ।

कार्तिक ९ गतेदेखि सुरु हुने छठ पर्वका लागि करिब ८० प्रतिशत तयारी पूरा भइसकेको छठ पूजा सेवा समितिका संयोजक अजित कुमार झाले जानकारी दिए। उनका अनुसार घाट क्षेत्रको सरसफाइ, बत्ती व्यवस्थापन, रंगीन सजावट र सुरक्षाको तयारी लगभग सम्पन्न भइसकेको छ भने बाँकी काम कार्तिक ८ गतेसम्म पूरा हुने बताइएको छ।

धनगढी उपमहानगरपालिका–२ मोहना नदी किनारस्थित छठ घाट यस वर्ष विशेष रूपमा आकर्षक रूपमा सजिएको छ। घाट क्षेत्रमा स्टल, झूला, डुंगा (नाउँ) र बालबालिकाका रमाइला खेलकुद सामग्रीले मेला झनै रौनकिलो बनेको छ।

संयोजक झाका अनुसार यस वर्षको छठमा राष्ट्रियस्तरका कलाकारहरूको विशेष प्रस्तुति हुने र ठूलो भक्तजन भीडको अपेक्षा गरिएको छ।

रैकवार खबर दैनिकसँगको कुराकानीमा झाले भने,हाम्रो लक्ष्य छ — धनगढीको छठलाई देशकै उत्कृष्ट सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित गर्ने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply