नेहा पुस्तक सदन: शैक्षिक सेवामा तीन दशकदेखि निरन्तर योगदान

रैकवार खबर दैनिक, कार्तिक १२
कञ्चनपुर —कञ्चनपुरको कृष्णपुर नगरपालिका–५, गुलरिया बजारमा अवस्थित नेहा पुस्तक सदन सन् २०५३ सालदेखि निरन्तर रूपमा विद्यार्थी, विद्यालय र स्थानीय समुदायका लागि गुणस्तरीय शैक्षिक सेवा प्रदान गर्दै आएको छ।

संचालक धर्मानन्द भट्टको नेतृत्वमा सञ्चालन हुँदै आएको यस पुस्तकालयले पुस्तक, स्टेशनरी, खेलकुद सामग्रीदेखि लिएर विद्यालय पोशाक, ब्याग र नेपाल सरकार शिक्षा मन्त्रालयले निर्धारण गरेका पाठ्यक्रमअनुसारका अध्ययन सामग्रीहरू सहज रूपमा उपलब्ध गराउँदै आएको छ।

दीर्घकालीन सेवा र समाजप्रतिको समर्पणका कारण नेहा पुस्तक सदन स्थानीय स्तरमा विश्वसनीय शैक्षिक केन्द्रका रूपमा स्थापित भएको छ।

हालै कञ्चनजंगा ईङ्गलिस माध्यमिक विद्यालय, कृष्णपुर–५ द्वारा आयोजना गरिएको ‘प्रथम कञ्चनजंगा यू–१७ विद्यालय स्तरीय पुरुष आमन्त्रण फुटबल प्रतियोगिता–२०८२’ मा ‘म्यान अफ द म्याच’ प्रायोजकका रूपमा सहयोग गरेको योगदानको कदरस्वरूप नेहा पुस्तक सदनलाई प्रशंसा पत्र प्रदान गरिएको छ।

संचालक धर्मानन्द भट्टलाई सभ्य, समाजसेवी र मधुर व्यवहारका कारण स्थानीय समाजमा सम्मानका दृष्टिले हेरिन्छ। लामो समयदेखि शिक्षाको क्षेत्रमा निरन्तर योगदान दिँदै आएका भट्टले स्थानीय सरकार, विद्यालय, संघसंस्था र समुदायसँग सुदृढ सम्बन्ध कायम गर्दै आएका छन्। भट्टको इमानदार श्रम, निष्ठा र आत्मीयताले यो संस्थालाई केवल व्यवसाय होइन, समुदायको भरोसा बनाएको छ। विद्यालय, विद्यार्थी र समाज सबैका लागि खुलेर सेवा गर्दै आएको नेहा पुस्तक सदनले शिक्षासँगै इमानदारीमा टिकेको सेवा, सम्मानमा परिणत भएको यात्रा नेहा पुस्तक सदनको पहिचान यही हो।

शिक्षाको सेवामा नेहा पुस्तक सदनको समर्पण स्थानीय व्यवसाय र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण बनेको छ। कञ्चनपुरमा शैक्षिक क्षेत्रसँगै खेलकुदमा पनि सक्रिय रहेको नेहा पुस्तक सदनले ‘शिक्षा, खेलकुद र सामाजिक समृद्धि’लाई जोड्ने सफल प्रयास गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply