कञ्चनपुर पुनर्वासको प्यारातालमा आकर्षक सभागृह निर्माण सम्पन्न

हेमा भट्ट ,कार्तिक १३
कञ्चनपुर — पुनर्वास नगरपालिका–९ स्थित प्यारातालमा आकर्षक सभागृह निर्माण कार्य सम्पन्न भएको छ। लामो समयसम्म ओझेलमा परेको प्याराताल अहिले दिनप्रतिदिन नयाँ रूप लिन थालेको छ। स्थानीय समाजसेवी, देश–विदेशमा रहेका नेपालीहरू, स्थानीय सरकार, प्रदेश र संघीय निकायहरूको ध्यानाकर्षणपछि प्याराताल पुनः आफ्नो पहिचान फिर्ता ल्याउने दिशामा अघि बढेको हो।

पर्यटनको आकर्षक केन्द्रका रूपमा विकास हुँदै गरेको प्यारातालमा हाल दुर्लभ जनावर र किसानका प्रतिमासहितका विभिन्न कलात्मक मूर्तिहरू निर्माण भइरहेका छन्। ताल किनारमा बेन्च, सरसफाइ, हरियाली र सौन्दर्यकरणमा पनि निरन्तर ध्यान दिइँदै आएको छ।

प्याराताल संरक्षण समितिका संयोजक दिपेन्द्र बस्नेतका अनुसार, प्याराताल अहिले पुनर्वासको नमुना तालका रूपमा परिचित बन्दैछ। यहाँका नागरिक, युवाहरू र प्रवासी नेपालीहरूको निरन्तर सहयोगले तालको रूपान्तरण सम्भव भएको हो।

बस्नेतले फेसबुकमा लेखेको एक स्टाटसबाट नै प्याराताल निर्माणको अभियान सुरु भएको थियो। सो स्टाटसले धेरैको मन जित्यो र “सबैले ताल मनाऊँ, ताल बचाऔँ” भन्ने भावना जागृत भयो। अहिले सामाजिक सञ्जालमार्फत लगातार प्रचार–प्रसार भइरहेकाले प्यारातालप्रति जनचासो बढ्दो छ।

सभागृह निर्माणसँगै प्याराताल क्षेत्र अब सामुदायिक कार्यक्रम, बैठक तथा सांस्कृतिक गतिविधिका लागि समेत उपयुक्त स्थल बनेको छ।

संरक्षण समितिको आह्वान:
सबै मिलेर प्याराताललाई अझ हरियाली, आकर्षक र पर्यटकीय गन्तव्य बनाउन योगदान पुर्‍याऔँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply