हेमा भट्ट, कार्तिक १४
कञ्चनपुर —पर्यटन विकास समाज कञ्चनपुरको आयोजनामा “कृष्णपुर नगरपालिकाभित्र पर्यटनको सम्भावना” विषयक एक महत्त्वपूर्ण छलफल कार्यक्रम कार्तिक १४ गते, आजै शुक्रबार दिउँसो ३ बजे सिंहपुर सामुदायिक वन उपभोक्ता समूहको कार्यालय भवन, कृष्णपुर–६, सिंहपुरमा हुने भएको छ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशकज्यूको विशेष उपस्थिति रहनेछ। सो अवसरमा कृष्णपुर नगरपालिकाका प्राकृतिक, सांस्कृतिक तथा सामुदायिक क्षेत्रहरूमा पर्यटन विकासका सम्भावनाबारे गहन छलफल हुने बताइएको छ।
पर्यटन विकास समाज कञ्चनपुरका अनुसार, यस कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षज्यूहरू, पर्यटन विकास समाजका पदाधिकारीज्यूहरू तथा सरोकारवालाहरूको अनिवार्य उपस्थितिको अनुरोध गरिएको छ।
संस्थाका पदाधिकारीहरूले यस छलफलले कृष्णपुर क्षेत्रमा पर्यटन विकासका लागि ठोस रणनीति र सहकार्यको आधार तय गर्ने अपेक्षा व्यक्त गरेका छन्।
