हेमा भट्ट,कार्तिक १५
कञ्चनपुर — कृष्णपुर नगरपालिका–२ वाणीस्थित पूर्व–पश्चिम राजमार्गको जिवी चौक नजिकै शनिबार बिहान एक यात्रुबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
काठमाडौँबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ७ ख ६१८२ नम्बरको यात्रुबस सडकको बायाँपट्टि पल्टिँदा कृष्णपुर नगरपालिका–२ वाणी निवासी बलबहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले जानकारी दिए।
उनका अनुसार मृतक बोहरा अत्तरिया बजारबाट बसमा सवार भएका थिए। दुर्घटनापछि उनलाई सेती प्रादेशिक अस्पताल पु¥याइएको थियो, जहाँ उपचारको क्रममा मृत्यु भएको हो।
बसमा कुल पाँच जना सवार रहेका थिए। बाँकी चारजना सकुशल रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बस चालक रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
बस काठमाडौँबाट महेन्द्रनगरतर्फ जाँदै गर्दा मिति २०८२ कार्तिक १५ गते (शनिबार) बिहान दुर्घटना भएको हो।
