निसर्ग हस्पिटल र सफलता सहकारीबीच स्वास्थ्य सेवामा सहकार्य सम्झौता

धनगढी — धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र सफलता महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. बीच शुक्रबार एक स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार सहकारीका शेयर सदस्यहरूले निसर्ग हस्पिटलमा उपचार गराउँदा ५ देखि २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

सम्झौता कार्यान्वयनपछि सहकारीका सदस्यहरूले भर्ना, सर्जरी, ल्याब परीक्षण, एक्स–रे, ईसीजी, ईको र औषधि सेवा लगायतका उपचारमा छुटको सुविधा लिन सक्नेछन्। यसका लागि सहकारीले सिफारिस गरेको पत्र र बिरामीको परिचय खुल्ने कागजात अनिवार्य पेश गर्नुपर्नेछ।

सम्झौतामा निसर्ग हस्पिटलका अध्यक्ष तिर्थ राज पन्त र सफलता सहकारीकी अध्यक्ष खगेश्वरी जोशीले हस्ताक्षर गरेका छन्। दुवै संस्थाका प्रतिनिधिहरूका अनुसार सम्झौताले सहकारीका सदस्यहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सुलभ दरमा प्राप्त गर्न सहयोग पुर्‍याउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply