मंसिर २२ गते सुदूरपश्चिम महोत्सव हुने

कार्तिक १६
कैलालीको धनगढीमा १९ औं संस्करणको सुदुरपश्चिम महोत्सव २०८२ संचालन हुने भएको छ ।

कैलाली उद्योग वाणिज्य संघले आइतबार धनगढीमा पत्रकार सम्मेलन गरी महोत्सवको १९औं संस्करणबारे जानकारी दिएको हो।आगामी मंसिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव २०८२ सञ्चालन हुने संघका अध्यक्ष पुष्कर राज ओझाले जानकारी दिए ।

उनले सुदूरपश्चिमको कला, संस्कृति, परम्परा, खानपान र कृषिको प्रवर्द्धन गर्नुका साथै व्यापारिक गतिविधि विस्तार गर्ने महोत्सवको उद्देश्य रहेको बताए। उनले महोत्सवले स्थानीय उत्पादन, हस्तकला, कृषि उपज, उद्यमशीलता र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताए।

यस वर्षको महोत्सवमा स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति, कृषि तथा उद्योग प्रदर्शनी, महिला तथा युवाका उद्यम स्टल, विविध प्रतियोगिता र मनोरञ्जनात्मक कार्यक्रम रहने उनको भनाई छ । । साथै बालबालिकाका लागि खेलकुद क्षेत्र, कृषि प्रविधि प्रदर्शन र घरेलु उत्पादनहरूको बिक्री समेत हुने उनले बताए।

संघले महोत्सवलाई “समृद्ध सुदुरपस्चिमका लागी आर्थिक समृद्धि ” भन्ने मूल नाराका साथ आयोजना गर्न लागेको हो। महोत्सव धनगढी उपमहानगरपालिका १ पशुपति टोलमा सञ्चालन हुनेछ ।

महोत्सवमा सुदूरपश्चिमका सातवटै जिल्लाका व्यापारी, उद्योगी, कृषक तथा सांस्कृतिक समूहहरूको सहभागिता रहने उनले बताए। उनले महोत्सवले प्रदेशकै आर्थिक, सामाजिक र सांस्कृतिक एकता सुदृढ गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे।

गत वर्ष झैँ यो पटक पनि लाखौँ दर्शक तथा उपभोक्ताको सहभागिता हुने अपेक्षा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply