हेमा भट्ट
धनगढी–३, चटकपुर (कञ्चनपुर) — सुदूरपश्चिमको हरियालीले ओतप्रोत, शान्त र सौन्दर्यले भरिपूर्ण Natura Resort अहिले तीव्र गतिमा नमुना पर्यटन गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ। प्राकृतिक वातावरण र आधुनिक सुविधाको संयोजनसहित यस रिसोर्टले पर्यटकहरूलाई नयाँ अनुभव प्रदान गरिरहेको छ।
रिसोर्टका मेनेजर बिष्णु खनालका अनुसार, “हाम्रो उद्देश्य केवल सेवा दिनु होइन, अतिथिलाई अनुभव दिनु हो — जहाँ प्रकृतिसँगको निकटता, आराम र आतिथ्यको भावना मिसिएको हुन्छ।”
Natura Resort मा पर्यटकहरूको सुविधा र सन्तुष्टिलाई ध्यानमा राखी आधुनिक सुविधायुक्त कोठा, स्वादिलो परिकार पाइने रेस्टुरेन्ट, विश्रामका लागि लजिङ र औपचारिक कार्यक्रमका लागि उपयुक्त सम्मेलन हल (Conference Hall) व्यवस्था गरिएको छ। साथै, रिसोर्ट परिसरमा रहेका हराभरा बगैचा, रंगीन बोटबिरुवा, पानीका फोहरा र सान्त वातावरणले प्रत्येक आगन्तुकको बसाइलाई स्मरणीय बनाउँछ।

रिसोर्टको नारा “सम्झनाहरू विशेष बनाउँदै” भन्ने छ, जसले यहाँको सेवा भाव र आत्मीयताको सार झल्काउँछ। यहाँ पर्यटकहरूले पाँचतारे स्तरको सुविधा र मुस्कानसहितको सेवा एकै ठाउँमा अनुभव गर्न सक्छन्।
Natura Resort भित्र विभिन्न जातका बोटबिरुवा, सुन्दर हरियाली र झिल्लीले झकमक्क वातावरणले आगन्तुकलाई सहरको कोलाहलबाट टाढा प्राकृतिक शान्तिमा डुबाउँछ। बिहानको घामदेखि बेलुकीको फिक्का उज्यालोमा पनि रिसोर्टको दृश्य झनै मोहक देखिन्छ।
सुदूरपश्चिममा आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण बन्दै गएको यो रिसोर्टले पर्यटन प्रवर्द्धनसँगै स्थानीय युवालाई रोजगारी उपलब्ध गराउँदै आएको छ। रिसोर्टको विकासले केवल मनोरञ्जन र विश्रामको केन्द्र मात्र होइन, सुदूरपश्चिमकै पर्यटन सम्भावनाको प्रतिविम्ब पनि प्रस्तुत गरेको छ।
